सिम्रौनागढ़ सामाजिक संदेश

सुशासन पार्टीबाट पर्सा ३ को चुनावी मैदानमा दुइ युवा उम्मेदवार

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगञ्ज – नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीका तर्फबाट पर्सामा प्रदेशसभा सदस्यका लागि दुइ जनाले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपाल सुशासन पार्टीका तर्फबाट पर्साको प्रदेशसभा निर्वाचन क्षेत्र ३ को (क) मा युवा नेता शीव कुमार साह र ३ कै (ख)मा गौरीशंकर साहले उम्मेदवारी दिएका हुन् ।

Simraun gadh Covid New -078

जनता समाजवादी पार्टी (जसपा)मा लामो समयदेखि सकृय रहेका साहद्वयको नाम जसपा पर्साबाट सिफारिस भएपनि अन्तिम समयमा आएर जसपाको केन्द्रिय नेतृत्वले टिकट नदिएपछि दुवै जनाले नेपाल सुशासन पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

मधेस आन्दोलनका बेला देखि नै सकृय रुपमा पार्टीमा लागेर मधेसीको हकहितको लागि आवाज उठाउदै आएको र पार्टीको संगठन विस्तारका लागि दिनरात नभनी खट्दै आएको भएपनि अन्तिम समय आएर जसपा नेतृत्वले धोका दिएपछि सुशासन पार्टीबाट उम्मेदवारी दिनु परेको युवा नेता साहले बताए ।

जसपाले टिकट नदिएपछि विकल्प खोज्ने क्रममा भ्रष्टचार विरोधी र सुशासनको एजेण्डा बोकेर हिडेको एक मात्र दल सुशासन पार्टीलाइ रोजेको पनि अर्का युवा नेता साहले बताए ।

उम्मेदवारी दर्तापछि मतदातासँगको भेटघाटमा जादा सुशासन पार्टी प्रति जनलहर देखिएकोले आफुहरुको जित सुनिश्चित भएको महसुस हुन थालेको साहले बताए ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.