google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

चिरन्जीवी मरासिनी, गुल्मी –

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पछिल्लो समय नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले महामारीको रुप लिदै गएपछि नेपालले पनि अक्सिजनको अभाव झेलिरहोको छ । यस्तै अभवको जिल्ला बनेको छ गुल्मी, कोभिड संक्रमितलाई उपचार गर्ने ठाउँ र अक्सिजन अभाव हुदा दिनहु हेलिकप्टरबाट बिरामीलाइ काठमाडौं ल्याउनु बाध्यता परेको छ । गुल्मी बासिन्दा लाई यस्तो अभाव नहोस् र बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले पत्रकार महासंघ गुल्मी शाखाले अक्सिजनकाे जाेहाे गर्न अभियान सुरु गरेकाे छ। उक्त अभियानमा सहकार्य जनाउदै श्री गुल्मी रेसुङ्गा युबा क्लब रेसुङ्गा नगरपालिका-०६, गुल्मीले महासंघ लाई सहयाेग हस्तान्तरण गरेकाेछ ।

अक्सिजनको अभावमा बिरामी मर्न नपरोस भन्ने उद्देश्यले क्लबले करिब रु २५ हजार सहयोग गरेको छ । क्लबको कोषबाट रु. १० हजार र क्लबका पदाधिकारीहरु बाट संकलित रु.१५०१० गरि जम्मा २५,०१०/- रुपैया सहयोग हस्तान्तरण भएको छ । पछिल्लो समय नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले महामारीको रुप लिदै गएपछि क्लबले उक्त सहयोग गरेको हो । क्लब पदाधिकारी सहयोगीहरुमा कोरियामा कार्यरत गणेश मरासिनीले रु. १० हजार, प्रकाश पौडेलले रु. एक हजार एक, गोकर्ण बरालले रु.एक हजार र प्रकाश अधिकारीले रु. नौ सय उनान्सय सहयोग गर्नुभएको हो । त्यसैगरि बिकाश पुनबाट रु.पाँच सय पाँच र कृष्ण मरासिनी बाट पाँच सय पाँच, पुर्ण बिश्वकर्मा बाट पाँच सय र सन्दिप सुनारबाट पाँच सय प्राप्त भएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मी बाट बि सं. २०७३ सालमा प्रमाणपत्र प्राप्त यस क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबका अध्यक्ष गोकर्ण बरालले बताउनु भयो । त्यस्तै अस्पतालहरुमा देखिएको अक्सिजन अभाब रोक्ने उद्देश्यले क्लबले सहयोग गरेको र सम्पुर्णलाई सक्दो सहयोग गरिदिन समेत अनुरोध गर्नुभयो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0