सिम्रौनागढ़ सामाजिक संदेश

पचरौताको पकडियामा भोलि नै ट्रान्सर्फमर जडान हुने : सिम्रौनढ विद्युत प्राधिकरण प्रमुख झा

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।

Simraun gadh Covid New -078

विद्युत प्राधिकरणको नाममा चन्दा संकलन नभएको गाउँलेहरु इन्कार गरेका छन्। पचरौता नगरपालिका वडा न. ६ पकडियाको उत्तरी भेगमा रहेको १०० केभिएको ट्रान्सर्फमर ओभर लोडका कारण जलेको बारेमा विधुत प्राधिकरणको नाममा चंदा संकलन भैइरहेको बारे समाचार माध्यममा समाचार प्रकाशित भए पछि गाउलेहरुले इन्कार गरेका छन्। गाउँमा मेलाको चंदा संकलन भैइरहेको बताएका छन्।

उता प्राधिकरण प्रमुख मनोज कुमार झा संग बुझ्दा केहि गाउँलेहरुले प्रक्रिया पुर्याउन लाई नचाही र आफ्नो मिटरको बक्यौता नबुझाउने सोचले मेरो नाम बदनाम गर्ने उद्देश्यले आफु माथी झुटो आरोप लगाएको बताए। त्यहाको लागि ट्रान्सर्फमर आज आएको र भोलि त्यहा जडान हुने बताउनु भएको छ। त्यहा मिटरको संख्या अधिक भएर र कृषकहरुले कृषिमिटर चलाउदा ४४० भोल्ट बनाएर चलाएकोले जल्ने गरेको अर्को एउटा ठूलो समस्या तथा चुनौती रहेको प्राधिकरण प्रमुख झाले बताउनु भएको छ। आउने दिनमा प्रक्रिया पूरा गरि अर्को ट्रान्सर्फमर जडान गर्ने समेत सबैमा जानकारी गराउनु भएको छ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.