सिम्रौनागढ़ सामाजिक संदेश

अग्रपंक्तिमा खटिएर काम गरेको स्वास्थ्यकर्मी, सफाईकर्मी र एम्बुलेन्स चालक सम्मानित

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज— पर्सा जिल्लामा समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मी, सरसफाई कर्मी र एम्बुलेन्स चालकलाई शनिवार एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।

वीरगंजको रजतजयन्ति चोकमा रहेको नेपाल इण्डो हस्पिटल र भाइजान अफ वीरगञ्जको संयुक्त आयोजनामा २४ जना स्वास्थ्यकर्मी, १२ जना सरसफाईकर्मी र ५० जना एम्बुलेन्स चालकलाई खादा ओढाएर सम्मान गरिएको हो ।

Simraun gadh Covid New -078

सम्मानित व्यक्तिहरुलाई कोरोना संक्रमणबाट जोगिन व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सेट समेत वितरण गरिएको भाइजान अफ वीरगञ्जले जनाएको छ ।सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल इण्डो हस्पिटलका प्रमुख चन्द्रशेखर ठाकुरले आफ्नो जिउ ज्यानको प्रवाह नगरी जोखिम मोलेर काम गर्नेहरुको जति सम्मान गरेपनि अपुग हुने बताउनुभयो ।

साथै ठाकुरले एम्बुलेन्स चालक तथा उनिका परिवारका जो कोही बिरामी भएमा इण्डो हस्पिटलले निशुल्क उपचार गर्ने पनि घोषणा गर्नुभयो ।कार्यक्रममा भाइजान अफ वीरगञ्जका अध्यक्ष नौसाद अन्सारीले समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न फ्रन्टलाईनमा खटिएकाहरुको हौसला बढाउनका लागी आफुहरुले सानो प्रयास गरेको प्रतिक्रिया दिनुभयो ।

वीरगंजका विभिन्न ठाउँमा रहेका कोभिड अस्पताल तथा आइसोलेसन सेन्टरमा कार्यरत स्वस्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकहरुलाई सम्मान गरिएको हो ।कार्यक्रममा डा. महेश्वरप्रसाद कुर्मी, डा. घनश्याम यादब, डा. एकलाखु रहमान लगायतको उपस्थिती रहेको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.