google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रभु यादव , बारा  ७ जेष्ठ

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

स्थानिय तह निर्वाचन २०७९ बारामा १२ पालिकाको नतिजा आयो, ४ एमाले , २ काङ्ग्रेस , २ जसपा , २ लोसपा , १ माअोवादी केन्द्र , १ विवेकसिल पार्टी पालिका प्रमुखमा विजयी हासिल गरेको छ ।
बारामा १६ वटा पालिका मध्ये अहिले सम्म १३ वटा स्थानिय तहको नतिजा सार्वजनिक भई सकेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार नेकपा एमाले कलैया उपमहानगरपालिका, निजगढ, परवानीपुर प्रसौनीमा प्रमुख उपप्रमुख, अध्यक्ष, उपाअध्यक्ष, जितपुरसिमरा उपमहानगरपालिकामा उपप्रमुख निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । जस अनुसार निजगढमा प्रमुखमा सुरथ पुरी, उपप्रमुखमा सोमामया थिङ, परवानीपुरमा अध्यक्षमा रामक्षेत्री पटेल, उपाअध्यक्षमा सुगान्धी देवी कानु, प्रसौनीमा अध्यक्षमा बिनोद प्रसाद जैसवाल, उपाअध्यक्ष किरण देवी निर्वाचित भएका छन ।

त्यसैगरि कलैया उपमहानगरपालिकामा प्रमुखमा बिनोद प्रसाद साह, उपप्रमुखमा रौशन परविन निर्वाचित हुनु भएको छ । गठबन्धनबाट नेकपा मआवादीको तर्फबाट जीतपुर सिमरा उपमहानगरपालिकामा प्रमुखमा राजन पौडैल, उपप्रमुखमा एमालेका भोला अधिकारी निर्वाचित भएका छन । त्यसै गरि सुवर्ण गाँउपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष राजेश प्रसाद यादव, उपाअध्यक्षमा पुनम कुमारी निर्वाचित भएकी निर्वाचन कार्यालयले जनाएको छ ।

कोल्हवीमा नेपाली काँग्रेसबाट रामप्रसाद चौधरी, उपप्रमुखमा लक्ष्मी चौधरी निर्वाचित हुनु भएको छ ।  त्यसै गरि करैयामाई गाँउपालिकामा जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्षमा शम्भु प्रसाद यादव र उपाअध्यक्षमा सुनैना देवी चौधरी , देवतालमा जसपा कै अध्यक्षमा उदव प्रसाद यादव, उपाअध्यक्षमा सितापति यादव बिजयी हुनु भएको छ ।

फेटामा विवेकसिल साझा पार्टीका रुस्तम अंसारी , उपाअध्यक्षमा निलम साह निर्वाचित हुनु भएको छ । विश्रामपुर गाँउपालिकामा लाकितान्त्रिक समाजवादी पार्टीका जुल्फाकार अलि भुटो र उपाअध्यक्षमा प्रियंका कुमारी निर्वाचित हुनु भएको प्रमुख निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो । सिम्रौनगढ नगरपालिकामा लोसपाबाट किशोरी प्रसाद कलवार र उपप्रमुखमा नजबु शेहर निर्वाचित हुनु भएको छ । १६ वटा स्थानिय तह रहेको बारामा भने ४ वटा पालिकामा मतगणना जारी रहेको छ । जस मध्ये बारागढीमा जपसा, महागढीमा नेपाली काँग्रेस, आदर्शकोतवाल गाँउपालिकामा नेपाली काँग्रेस , पचरौता नगरपालीकामा लोसपाले  ले अग्रता लिईरहेको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0