सिम्रौनागढ़ सामाजिक संदेश

समस्या बुझ्ने र समाधान दिने नेतालाई जनताले चुनेर पठाउँछन् : प्रदीप यादव

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगञ्ज – पर्साको क्षेत्र नम्बर १ अन्र्तगत पर्ने विभिन्न टोलका मतदातासँग भेटघाटमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादव व्यस्त छन् । जनताको घरदैलोमा पुग्ने र जनताका समस्या सुन्ने कार्यलाई यादवले निरन्तरता दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट क्षेत्र नम्बर १ का साझा उम्मेदवार यादवले जनता सचेत भइसकेको बताउँदै कसैको दबाब र प्रलोभनको भरमा भोट नदिने बताए । उनले भने, “जनता अब जागरुक भइसकेका छन् , कसैले दबाब र प्रलोभन देखाउँदैमा भोट पाउने दिन अब गइसक्यो, अब जनताका समस्या सुन्ने र काम गर्नेलाई नै जनताले मत दिन्छन् ।”

Simraun gadh Covid New -078

पहिलो पटक निर्वाचित हुँदा पनि आफुले उल्लेख्य काम गरेको दावी गर्दै यादवले अब पुनः अर्कोपटक निर्वाचित गराएमा विकास निर्माणका काम गरेर वीरगञ्जको कायापलट गर्ने बताए । उनले विकासको सुनौलो ढोका खोलेर वीरगञ्जलाई व्यापारीक हबको रुपमा विकास गर्नुका साथै जनताको जीवनस्तरलाई माथि उकास्ने खालका योजना ल्याउनका लागि पनि यसपटक फेरि आफुले जित्नुपर्ने उनले बताए ।

छोटो समयका लागि मन्त्री हुँदा पनि वीरगञ्जसहित पर्सा जिल्लाका लागि महत्वपूर्ण योजना ल्याएको बताउँदै उनले ति योजनाले वीरगञ्जको विकास र परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।

जनताले विकास चाहेको हुँदा विकास गर्न सक्ने व्यक्तिलाई नै जनताले निर्वाचित गराउने यादवको भनाई छ । यादवले अहिले केहि बहुरुपियाहरु भेष बदलेर जनतलाई प्रलोभन पार्ने षडयन्त्र गरिरहेको भएपनि जनताले चुनावमा उनिहरुको पर्दाफास गरिदिने ठोकुवा पनि गरे । यादवले भने, ‘अब जनतालाई चिप्लो भाषण होइन , सिरिफ काम चाहिन्छ काम, काम गर्ने नै जनताको रोजाइ बन्छ, त्यसैले बहुरुपियाहरुले दिवा सपना नदेखे हुन्छ ।’

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.