google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया , बारा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बाराको कलैयामा सडकको छाडा कुकुरलाई बन्ध्याकरण गर्ने सुरू गरिएको छ । माघ ६ गते बिहिवारबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाराको कार्यालयमा द जेन गुडाल इन्टिच्युटका प्राविधिक टोलीहरूले कुकुरलाई बन्ध्याकरण गरिरहेकोछ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले उदघाटन गरेको कार्यक्रममा कलैया अस्पतालका प्रमुख डाक्टर गौरव महतो , प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई बाराका प्रमुख डाक्टर सुरेन्द्र यादव , कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव लगायतकाले रेविज रोग नियन्त्रण गर्न कुकुरलाई व्यवस्थापन गर्न बन्ध्याकरण गर्ने कार्य सुरू गरिएको छ आ-आफ्ना विचार राखदै जनकारी गराएका छन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पशु विज्ञ केन्द्र बाराका प्रमुख डाक्टर शंकर साह यस पालीको कार्यक्रममा एक सय २५ वटा छाडा कुकुरलाई बन्ध्याकरण गर्ने र निजि कुकुर पालन गरेकाले शिविर सञ्चालन रहेको समयमा निशुल्क रेविज विरूद्धको सुई लगाउने कार्य गरिने जनकारी गराउनु भएको हो । अब आउने वर्ष देखि हरेक वर्ष स्थानिय तहको समन्यमा जिल्लाका आवश्यकता हुने ठाउँमा कार्यक्रम सञ्चालन हुने प्रमुख साहले जनकारी गराउनु भएको हो । सन २०३० सम्मा रेविज मुक्त बनाउने लक्ष्य सहितको कार्यक्रम अन्तर्गत यो बन्ध्याकरण कार्य सुरू गरिएको छ ।

डाक्टर विकास श्रेष्ठको संयोजकत्वमा सात सदस्य प्राविधिक टोलीले सडकमा छाडा रहेको कुकुरलाई समातेर शिविरमा ल्याई बन्ध्याकरण गर्ने सुरू गरेको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0