रंजीत पाण्डेय बीरगंज, पर्सा।
हरिखेतान बहुमुखी क्याम्पसको नालीबेली बारे भण्डाफोर हुने भएको छ, विभिन्न मांगहरु लाइ सम्बोधन गर्न नानाथरिका चरणबद्ध आन्दोलन गर्न घोषणा गरिएको छ। यहि माघ २ गतेका दिन हरिखेतान बहुमुखी क्याम्पस बिरगंज पर्साका क्याम्पस प्रमुख लाई ७ शुत्रिय माँग राखि ३ दिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ। आफ्ना मांगहरु बुदागतरुपमा व्यवहोरा खुलाई आम पर्सेली जनताहरु माझ सार्वजनिक गरेका छन्। हाल सम्म क्याम्पस प्रमुख र क्याम्पस प्रशासनको तर्फवाट उक्त माग प्रती कुनै चासो नदेखिएकोले आज सर्वसधारनामा सार्वजनिक गरिएको हो।
क्याम्पस प्रमुखको रवैयावाट आर्जित भएर शैक्षिक क्षेत्र भित्र बिधार्थीहरुले आफ्ना मांगहरु राखी उक्त मागहरू जायज रहेको र क्याम्पसमा निश्चित रुपले कहि कतै कुनै न कुनै किसिमले अभिभावक र कानुन लाई आफ्नो गोजिको पेवा ठानेर मन लाग्दो किसिमले क्याम्पस संचालन गर्दै आएको विधार्थीहरुको आरोप रहेको छ। क्याम्पस प्रमुख भगवान प्रसादको यस्तो गैर जिम्मेवारपुर्ण रवैयाको भन्डाफोर गर्न र हरिखेतान बहुमुखी क्याम्पस लाई सुसासन र सहि बाटोमा ल्याउन एक भ्रष्ट र हैकमवादी चित्रण रहेको प्रमुखको विरुद्ध हामी चरणबद्ध आन्दोलनको घोषणा आज पत्रकार सम्मेलन वाट बताएका छन्। साथै उठाईएको जायज मागमा सम्पुर्ण न्याय प्रेमी जनताको साथ र सहयोग अपेक्षा राखेका छन्।
विधार्थीहरुको मांगहरु
१. हरिखेतान बहुमुखी क्याम्पसलाई सामुदायिक क्याम्पस सरह सन्चलन गर।
२.त्रिभुवन बिश्व बिधालय अनुदान आयोगको खर्च सार्वजनिक गर।
३. त्रिभुवन बिश्व बिद्यालय अनुसारको शुल्क कायम गर।
४. विद्यार्थीहरु लाइ पाउने गरिब तथा जेहन्दार विद्यार्थीको फ्री सीप कायम गर।
५. २० बर्ष देखिको आय ब्यय सार्वजनिक गर।
६. क्लास नगरि लिएको शुल्क फिर्ता गर!!
७. २०% फ्री सिपको कोटा सार्वजनिक गर।
८. संचालक समितिको अधुरो रहेको नाम सार्वजनिक गर र अधुरो रहेको पदमा व्यक्ति न्युक्ती गर।
९. कर्मचारीहरुलाइ सन्चय कोष वा सामाजिक सुरक्षाकोषमा दर्ता गर।
१०. कोरोना बिदामा विद्यार्थी संग लिएको शुल्क मिन्हा गर।
११. होस्टेल निर्माणको गुणस्तरीय छानबिन गर र खर्चहरु सार्वजनिक गर।
१२. अभिभावक भेलावाट सन्चालक समिति गठन गर।आन्दोलनहरू:-
१ . मिति २०७८/१०/०७ गतेका दिन हरिखेतान बहुमुखी क्याम्पस काे मुल गेटमा १ घण्टा धर्णा।
२. मिति २०७८/१०/०९ गतेका दिन संचालक समितिहरूको सदस्यहरुलाइ ज्ञापन पत्र र छलफल
३. मिति २०७८/१०/१० गतेका दिन सम्पूर्ण पर्सा जिल्ला का पार्टी सभापतिज्यु लाई ज्ञापनपत्र।
४. मिति २०७८/१०/११ गतेका दिन घण्टाघरमा हस्ताक्षर अभियान।
५. मिति २०७८/१०/१२ गतेका दिन प्रधानमन्त्री,शिक्षामन्त्री,प्रमुख जिल्ला अधिकारीहरुलाइ फाेन मार्फत sms पठाउने।
६. अन्तमा शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटी ज्ञापन पत्र बुझाउने ।