google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

निर्माणधिन छठी घाटको पुल बनाउन कबाडको छड प्रायोग गरिदै 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

रमेश साह, कलैया, बारा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बारामा पुल निर्माण गर्न कबाडको छड प्रयोग गरिदै भेटिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ७ पोखरीमा निमार्णधिन पुल बनाउँन कबाडको छड प्रयोग गरिएको हो । कलैया उपमहानगरपालिकाको योजनाबाट निर्माणधिन छठी घाटको पोखरी बिचको मन्दिर र मन्दिरमा जाने पक्की ढलान पुलमा गुणस्तरहीन छड कबाडबाट खरिद गरि ल्याई प्रयोग गरेको स्थानियहरुले आरोप लगाएका छन् ।

उपमहानगरको योजनाबाट करिव ८५ लाखको लागतमा निर्माणधिन छठी घाटको पोखरी बिचको मन्दिर र मन्दिरमा जाने पक्की ढलान पुलमा केहि नया छड किनि बाकी कबाडबाट ल्याएको छड मिसाई निर्माण कार्य गरेको भेटिन्छ । योजना प्रमुख नविन पौडेलसँग बुझन खोज्दा उनले मोवाईलमा कल डाईभर्ट गरेर बसेको पाईन्छ । योजनाको ईन्जिनियर चन्द्रशेखर कुशवाहासँग बुझदा उपभोक्ता समितिले सवै प्रक्रिया पुर्याएर काम गरिरहेको बताए ।

कबाडका छड बारे बुझदा जमिनमा लाग्ने भएकोले खासै केहि फरन नपर्ने हो बाकी सवै काम प्रक्रिया पुर्याएर गरिरहेको अनुगमनमा भेटिएको कुशवाहा दाबी गर्छन । जव कि भौतिक विकास गर्नको लागि स्थानिय उपभोक्ता समिति सुभाष साह नाम मात्रको रहेको स्थलगत रिपोटिङ्ग गर्दा भेटिएको छ । पोखरी निर्माणको सारा काम अरुण पटेलले लिएर गराईरहेको भटिन्छ । निर्माण कार्यमा कबाडको छड जुन पुरा खिया लागिसकेको र कटिङ्ग गरेर कबाडको लागि छाटेको छड प्रयोग गरेको भेटिन्छ ।

कुनै पनि निर्माणको जड मजबुत गरिएन भने उसको टिकाउ कति हुन्छ अनुमान लगाउन सकिन्छ । गुणस्तरहीन समाग्री प्रयोग गरि निर्माण भइरहेको मन्दिर, पुलको गुणस्तर कस्तो होला सजिलै आकलन गर्न सकिन्छ । सम्बन्धित निकाय मुखदर्शक बन्नु कहि न कहि ठुलो आर्थिक रकमको चलखेल भएको हुन सक्ने स्थानिय बताउँछन । गत वर्ष ८५ लाखमा पोखरीको तीन साईडको पर्खाल र घाट निर्माण गरेर ईन्जिनियर, योजना र ठेकदार मिलेर झवाम पारेका थिए । विकासको बजेट दुरुपयोग गर्ने माथि अख्तियारको नजर जान आवश्यक रहेको देखिन्छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0