google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

टाइफाइड विरूद्धको खोप चैत्र २५ गते देखि सञ्चालन हुनेछ

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रभु यादव , बारा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

टाइफाइड रोग विरूद्धको खोप चैत्र २५ गते देखि बारामा सञ्चालन हुने भएको छ । टाइफाइड रोग विरूद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरूवात जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरूको अभिमुखिकरण कार्यक्रमा जनकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय बाराको सभाकक्षमा गरिएको अन्तक्रिया कार्यक्रमका अध्यक्ष नियमित प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले रोग लाग्नु भन्दा पहिले लागनैनदिने उपाय गर्नु वेस हुन्छ बताए ।

जिल्लाका सबै जनताहरूमा स्थानिय भाषामा बुझने गरि सुचना प्रवाह गर्नु सबैको दायित्व रहेको नियमित प्रमुख जिल्ला अधिकारी सेढाईले आग्रह समेत गरे । खोप ईन्चार्ज संतोष ढुगेलले १५ महिना देखि १५ वर्ष मुनिका बालबालीकालाई खोप लगाउने अभियान सुरू गरिएको जनकारी गराए ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपालमा विगत पाच वर्षको तथ्यांक अनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जनामा टाइफाइड संक्रमित हुने गरेको ढुगेलले जनकारी गराए । पानी र खानेकुरा बाट हुने संक्रमक रोगहरू मध्ये टाइफाइड तेश्रो स्थानमा रहेको ढुगेल जनकारी गराए । टाइफाइड सबै उमेर समुहमा हुने गरेता पनि १५ वर्ष मुनिका बालबालीकामा करिब ११ गुणा बढी संक्रमण रहेको खोप ईन्चार्ज ढुगेलले जनकारी गराए । अभियानमा १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरूलाइ बारामा दुई लाख ४१ हजार छव सय ९६ जनामा टाइफाइड रोगको खोप लगाउन रहेको ढुङगेलले बताए । बाराको १६ पालिकामा चैत्र २५ गते देखि तीन चरणमा खोप लगाउने कार्यक्रम रहेको छ ।

पहिलो चरणमा चैत्र २५ गते देखि ३० गते सम्म कलैया उपमहानगरपालिका , जितपुरसिमरा उपमहानगरपालिका , प्रसौनी गाउपालीका , विश्रामपुर गाउपालिका , फेटा , परवानीपुरमा खोप लगाउने छ । दोश्रो चरणमा बैशाख ४ गते देखि ९ गते सम्म निजगढ नपा , महागढीमाई नपा , बारागढी गापा , करैयामाई गापा तेश्रो चरणमा बैशाख ११ गते देखि १६ गते सम्म सिम्रौनगढ नपा , पचरौता नपा , सुर्वण गापा , अादर्शकोतवाल गापा , देवताल गापामा खोप सञ्चालन गरिने छ । अन्तक्रिर्या कार्यक्रममा बारा प्रहरी प्रमुख दिलिप सिह देउवा , जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव लगायत समन्वय समिति र संचारकर्मीहरूको सहभागिता रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0