बिराटनगरलाई महामारीमा अर्को चुनौती, नाकामा कडाई नगरे कसरी संक्रमण नियन्त्रण हुने
बिराटनगरलाई महामारीमा अर्को चुनौती, नाकामा कडाई नगरे कसरी संक्रमण नियन्त्रण हुने


पवन बिक्रम शाह
बिराटनगर / भारतमा कोरोना महामारी नियन्त्रण गर्न धमाधम भ्याक्सिन लागाउदै जनजिवन सहज बनाउन बजार यातायात खुला गरे संग संगै अहिले बिराटनगर महानगर पालिका अन्तर्गत रहेको सिमावर्ती एरियाहरुमा नेपाल भारत आउ जाउ गर्न खोज्नेहरुको भिड लाग्न थालेको छ ।

बिराटनगरको सिमावर्ती एरिया दरैया, रानी, मटियरुवा, इश्लामपुर लगायतका ठाउहरु बाट प्राय बिराटनगरमा आखा जचाउने प्रयोजनको निम्ति भारतको पुर्णिया, कटिहार, माल्दा, वेस्ट बंगाल, कलकत्ता लगायतका ठाउहरुबाट आउने मान्छेहरु सिमामा भिड लगाउने गरेका छन । बिराटनगरमा अझै कोरोना महामारी नियन्त्रणमा नआएको हुनाले सिमामा खटेको सुरक्षाकर्मी हरुलाई उक्त भिड रोक्न हम्मे हम्मे पर्न थालेको छ ।
भारत बाट नेपाल आउनेहरुको भिडलाई रोक्न हाल सिमा सुरक्षा बल एस.एस.बी. हरुले सहयोग गरेपनि भारतमा जनजिवन सहज भैइसकेको हुनाले भारतीय सर्वसाधारणहरुलाई भारतमै रोक्न समस्या हुने एस.एस.बी. हरु बताउछन ।
भारतमा जनजिवन सहज भएपनि सबै भारतीय नागरिकहरुले भ्याक्सिन लगाउन नमानेको तथा भारत सरकारले आफ़्ना नागरिकहरुको सुरक्षालाई हेर्दै सबैलाई भ्याक्सिन लगाउन विभिन्न उपहार योजना तथा सम्मान कार्यक्रम समेत प्रचलनमा ल्याएका छन । यस्तो अवस्थामा अहिले नेपाल भारत खुला सिमा भएको कारणले सिमामा खटिने सुरक्षाकर्मीको भरमा मात्र कसरी महामारी नियन्त्रण हुन्छ भनि चर्चा सुरु भैइसकेको छ । खुला सिमा भएको कारणले जुनसुकै प्रयोजनको लागी भएपनी भारत बाट नेपाल प्रवेश पाउन जोकोहीले पनि थोरै मात्र संघर्ष गरेपछी सजिलै बिराटनगर सम्म आउन सक्छन । त्यति मात्र नभएर आर्थिक वर्ष २०७७/७८ को समाप्तिको समयमा सरकार ले हर हिसाब फर्छयोट को निम्ति नेपालमा पनि बजार सन्चालन गरेर जनजिवन सहज पार्न सक्ने अनुमान गर्न सकिन्छ तर यस्तो अवस्थामा अहिले देखी स्थानिय प्रसाशनले बिचार नपुर्याए नेपाली नागरिकहरु पुण उक्त महामारीबाट थप कस्टकर जिवन यापन गर्न बाध्य हुन सक्ने हुनाले यस तर्फ़ जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारको ध्यान जाओस ।