google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विराटनगर / विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौ संस्करण आगामी चैत २६ देखि वैशाख ४ गतेसम्म विराटनगरको सहिद रंगशालामा रात्रीकालिन समयमा हुने भएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विराट गोल्ड कप फुटबल ट्रष्टले बिहिवार पत्रकार सम्मेलन गर्दै गोल्डकप को विषयमा जानकारी गराएको हो ।
गोल्डकप सफलता पूर्वक सम्पन्न गराउन ट्रष्टका सदस्य मनोजविक्रम शाहको संयोजकत्वमा मूल आयोजक समिति बनेको छ । प्रतियोगितामा बिदेशी टिम भारत र क्यामरूनसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि हुने संयोजक शाहले जानकारी दिए । गोल्डकपमा भारत पंजाव पुलिस, झारखण्डका टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन टिम प्रथम पटक सहभागि हुदैछ । नेपालका मनाङ मस्र्यादी, सशस्त्र प्रहरी, नेपाल पुसिल क्लब, संकटा क्लब, राष्ट्रिय लिग विजेता टिम मच्छिन्द्र क्बल, गोर्खा व्याएज, रुपन्देही–११ र आयोजक विराटनगर ११ सहभागिता संग संगै गोल्डकपमा आयोजकको टिम पनि सहभागि हुनेछ ।

आयोजक गोल्डकप ट्रष्टले बिगतको वर्षहरूमा भन्दा यस वर्षको गोल्कड विजेताले पाउने राशी पनि बढाएको छ । गोल्डकप विजेता टिमले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद र आकर्षक शिल्ड प्रदान गर्ने बताउनुभयो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0