google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

दुर्लभ रोग पहिचान गरि जनरल हस्पिटलको डा.फरेन्द्र शाहले गरे सफल उपचार

दुर्लभ रोग पहिचान गरि जनरल हस्पिटलको डा.फरेन्द्र शाहले गरे सफल उपचार

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
पवन शाह 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / मोरङ्गको बिराटनगर ९ मा रहेको जनरल हस्पिटलले अन्य अस्पतालहरुमा उपचार नभएको एक दुर्लभ जटिल रोगको सफ़लता पुर्वक शुलभ उपचार गरेको छ ।

अन्य अस्पतालहरु बाट थाकेर केहीदिन अगाड़ी जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रा.ली. बिराटनगर ९ मा भर्ना भएकी मोरङ्ग कटहरी ७ की १६ वर्षीय बालिका पुजा उराउ लाई भर्ना गराएपछी अत्यन्तै जटिल रोगको जनरल अस्पतालले सफ़ल उपचार गरेको छ । बालिकालाई रगतको खराबी भएर रगत, छाला र मृगौला मा समस्या देखेपछी अन्य अस्पतालहरुमा छालाको रोग हो भनि उपचार गराएर असफ़ल भैइसकेपछी अन्त्यमा अभिभावकले जनरल अस्पतालमा भर्ना गराएको हो । लाखौ व्यक्ति मध्ये एक जना कसै कसैलाई हुने जनरल अस्पतालले बालिकालाई भएको अत्यन्तै दुर्लभ रोगको पता लगाई उपचार गरेको हो । बालिकालाई सिस्टेमिक ल्युपेस एरिथमेटोसस विथ नेरफ़राईटिस निमोनिया यु.टि.आई. र एनेनिया नामक रोगको पहिचान गरी अस्पतालका मेडिकल डाईरेक्टर बरिष्ठ नवजात शिशु तथा बाल रोग बिषेशज्ञ डा.फरेन्द्र शाह ले सफ़ल उपचार गरेका हुन । बालिका उराउ लाई अस्पतालमा दश दिन भर्ना गरी रोगको सफ़ल उपचार भएको कुरा बालिकाको अभिभावकले खुशी हुदै जानकारी गराएका छन ।
उपचारको माध्यम बाट निकै कम समयमा राम्रो प्रशिद्धि कमाएका जनरल अस्पतालले अस्पताल मा तिहार र छठ पर्वको शुभकामना स्वरुप अस्पताल प्रशासनले अस्पतालमा क्यानसर रोग विशेषज्ञ सहितको सेवा तथा सिटि स्केन सेवा थप गरेको जनरल हस्पिटलको प्रबंध निदेशक दिपक कुमार रायले बताउनुभयो । त्यसैगरी

यस अस्पतालले मधुमेह ( चिनि रोग ) विशेषज्ञ बाट परामर्श सहित फ़िजियो थेरापि, टि.एम.टि. , सिटि स्केन, ल्यापारोस्कोपि ( न चिरी प्वाल पारेर गरिने सल्यक्रिया) तथा सघन उपचार ( आई.सि.यू ) लगायतका सेवाहरुमा २० प्रतिशत छ्ट को व्यवस्था गरिनुको साथै अस्पतालमा बरिस्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. फरेन्द्र शाह बाट निमोनिया , जन्डिस , कुपोषण, नवजात शिशु तथा बाल रोग सम्बन्धी विशेष रुपमा सम्पुर्ण उपचारहरु गरिने गरिएको अस्पतालको अध्यक्ष जय प्रकाश रायले बताउनुभयो । अहिले उक्त अस्पतालमा आई.सि.यू , एन.आई.सि.यू , भेन्डिलेटर, पि.आई.सि.यू , नर्सरी वार्डहरु समेत सुचारु रहेको अस्पताल रायले बताएका छन ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0