सिम्रौनागढ़ सामाजिक संदेश

कोरोनाको नि:शुल्क उपचार हुदापनि लास बन्धक राखेर रकम माग गर्दै बिराटनगर अस्पताल

कोरोनाको नि:शुल्क उपचार हुदापनि लास बन्धक राखेर रकम माग गर्दै बिराटनगर अस्पताल

Pacharauta covid new -078
Holi Suvarn 078

बिराटनगर / कोरोना महामारी कोभिड १९ को कारण संसारकै मानव जीवन अस्तव्यस्त रहेको बेला सरकारले कोभिड पोजेटिभ देखिएको बिरामीलाई निशुल्क उपचार गर्ने प्राबधान लागू गरेतापनी मोरङको बिराटनगर अस्पतालले लास बन्धक राखेर रकम माँग गरेको पीडितको आरोप रहेको छ।

Simraun gadh Covid New -078

सिरहाको बिष्णुपुर गाउँपालिका वडा न २ को एक बिरामिको कुरुवा भन्छन अस्पतालको डक्टरले आफुहरुलाइ औषधि बाहिरको फार्मेसीबाट मगाँएर दिदादिदै पनि त्यही औषधिलाई बिरामिमा प्रयोग नगरी अस्पताल भित्र छुट्टै बिल बनाएको दुखेसो पोखे । पिडितले भने एक दिनको आइसियु चार्ज बाहिर बाट मगाँएको औषधि बाहेक दैनिक पचास हजारको दरले जोडेर ४ लाख सतहत्तर हजार भन्दा पनि बढी बनाएर पैसा तिराउने अस्पताल लुटेरा रहेको आरोप लगाएका छन । उहाँहरूले अझै भने सरकारले कोरोना पोजिटिभ बिरामीको हकमा निशुल्क उपचार भनिएतापनी मरेको शबलाइ पनि सुधार हुँदै छ भनेर लुट्ने गरेको आरोप लगाए । लुटेरा शैली र धाकधम्कीका साथ बिरामिको कुरुवा सँग पैसा असुल्ने नीतिमा रहेको भन्दै आर्थिक स्थित अति दयनीय रहेको पिडितले संचारकर्मि सँग कुरा गर्दै भने कार्तिक १७ गते बिरामी भर्ना गराएको छु । आफू सँग जग्गा जमीन पनि नरहेको के बेचेर रकम तिर्नु शब नै छोडेर घर फर्केको बताए।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.