विराटनगर / सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेपाली काँग्रेस मोरङले विराटनगरमा आज सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको छ ।
नेपाली काङ्ग्रेस मोरङ सभापति डिकबहादुर लिम्बूले कार्यक्रमको सभापतित्वमा आयोजना गरिएको उक्त बिरोध कार्यक्रममा जिल्लाको १७ वटा स्थानिय तहहरू बाट सहभागित भएका कार्यकताहरूले विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भेला भएर विरोध जुलुस सहित जनआन्दोलन चौकमा आएर कोण सभामा परिमाणत गरेका हुन । कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य सत्यनारायण भगत, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, तरुण दल विराटनगर अध्यक्ष सन्तोष न्यौपाने र नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य तथा क्षेत्र नम्बर ५ उप बिजेता राजेश गुप्ता गायतले धारणा राखेका थिए ।
दुई तिहाइको सरकार भ्रष्टचार र अनियमिततामा लागेको आरोप लगाउदै । पार्टीका नेता रामचन्द्र पौडेललाई धरपकड गरेको बाहनामा आफूहरु सडकमा आएको र सरकारले जनता र लोकतन्त्र विरोधी गतिवधि अगाडि बढायो, भ्रष्टाचार, अनियमितता पनि बढायो, हामीले ३ वर्षसम्म हेरेर बस्यौं अनि बाध्य भएर नेता पौडेल माथि जस्तो हस्तक्षेप भयो त्यसलाई बाहना बनाएर ७७ वटै जिल्लामा हामीले विरोध जनाउन सडकमा आएको कुरा सहभागी वक्ताहरुको भनाई रहेको थियो ।