बिराटनगर महानगर द्वारा भन्सार कार्यालयमा हेल्थ डेस्क बनाउन स्थलगत निरिक्षण
बिराटनगर महानगर द्वारा भन्सार कार्यालयमा हेल्थ डेस्क बनाउन स्थलगत निरिक्षण



पवन शाह
बिराटनगर / बिराटनगर भन्सार कार्यालय रानिमा भारत बाट नेपाल आउनेहरुको स्वास्थ्य परीक्षण को लागी हेल्थ डेस्क निर्माण गर्न बिराटनगर महानगर पालिकाको टोलि द्वारा स्थलगत निरिक्षण गरिएको छ ।
अन्तरास्ट्रिय सिमामा आगमन हुने हरेक व्यक्तिको स्वास्थ्य परीक्षणलाई स्थायी रुपमा अगाड़ी बढाउन अनिवार्य स्वास्थ्य जाचको निम्ति हेल्थ डेस्क निर्माण गर्ने भएको हो । उक्त हेल्थ डेस्क निर्माणको निम्ति बिराटनगर भन्सार कार्यालय रानिमा बिराटनगर महानगर पालिकाको मेयर भिम पराजुलीको अगुवाईमा प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृत, उप मेयर लगायत स्वास्थ्य विभाग का प्रतिनिधि, प्राविधिक, अधिकृतहरु लगायत स्थानिय जनप्रतिनिधी सहित को टोलीले बिहिवार स्थलगत निरिक्षण गरिएको हो ।