

पवन शाह
बिराटनगर / विभिन्न कामको निम्ति भारत बाट नेपाल आउने भारतीय नागरिकहरु संग सय दुई सय रुपैया रकम लीइ नेपाल प्रवेश गराउन खोज्ने एक जनालाई सशस्त्र प्रहरीले नियंत्रणमा लीइ इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

कोरोना संक्रमणका कारण नेपाल भारत खुला सिमा सिल रहेको हुनाले नेपालमा मजदुरी गर्न आउने देखी लिएर आँखा अस्पतालमा उपचार गराउन आउनेहरु संग भारतमै रकम उठाई चोर बाटो बाट प्रवेश गराउन खोज्ने भारत मधेपुरा जलहार गाउ बस्ने वर्ष ४५ को सुरेन्द्र कुमार लाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बखरी को टोलीले बिहान ९:३० बजे नियंत्रणमा लीइ प्रहरीलाई बुझाएका हुन । आँखा अस्पतालमा आँखा जाच गराउनको निम्ति आउने भारतीय भारतिय नागरिकहरुलाई दरैयाको बाटो भएर नेपाल पठाईरहेको बेला डियुटीमा खटेको सशस्त्र प्रहरीले अवरोध गरेपछी संकलन गरेको केही रकम सशस्त्र प्रहरीलाई दिन खोज्दा उक्त व्यक्तिलाई नियन्त्रणमा लिएपछी सोध पुछ गर्दा रकम लिएर मान्छे नेपाल पठाउने गरेको खुलेको हो । यसरी रकम लिएर प्रहरी सुरक्षाकर्मिहरुलाई बदनाम गराउने कार्य गरेको हुनाले आवश्यक कार्यवाही को लागी ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको हो ।