सिम्रौनागढ़ सामाजिक संदेश

जेष्ट नागरिकको भावनासँग खेल्दै कलैया उपमहानगरपालिका

Pacharauta covid new -078
Holi Suvarn 078

जेष्ट नागरिकको भावनासँग खेल्दै कलैया उपमहानगरपालिका

अनिल पाण्डेय
कलैया बारा
कलैया उपमहानगर पालिकाको नगरप्रमुख राजेश राय यादब र उप प्रमुख रहिमा खातुन लकडाउन खुकुलो भएसँगै मठ मन्दिर तथा मस्जिद चहार्दै बिना योजनाको बजेट बितरण गरेका छन। भोट बनाउन गाँउ गाँउ गई आफुहरु जनप्रिय नेता हो प्रमाणित गर्न अनावश्यक रुपमा झुठ्ठा आश्वासन बाड्नु भएको छ। तपाईको गाँउमा यस पालिको बजेटबाट यो गराईदिन्छु त्यो गराईदिन्छु भनेर ।
Simraun gadh Covid New -078
हिन्दुहरुको महानपर्ब तथा तराई बासिको मुख्य पर्बको रुपमा रहेको दशैँ , दिपावलि र छठ पर्बमा जेष्ट नागरिकहरुलाई सरकारबाट प्राप्त हुने बृद्ध भत्ताको अति नै आवश्यक हुन्छ। जेष्ट नागरिकहरु आफुहरुले पाउने बृद्ध भत्ताबाट छठ पर्वमा नया कपडाहरु किनि यसपालिको चिसो पनि काट्ने मनसाय बनाएका हुन्छन। त्यस्तै अपाङ्ग र बिध्वा महिलाहरु सरकारबाट पाउने समाजिक सुरक्षा भत्ताबाट आफ्नोलागि तथा आफ्नो सन्तानको लागि नया कपडा जोड्ने मन्साय बनाएका हुन्छन। गरीब जेष्ट नागरिक , अपाङ्ग र बिध्वा महिलाले त्यहि समाजिक सुरक्षा भत्ताबाट छठ पर्वको समान पनि किन्ने गर्छन तर यस पालि कलैया उपमाहानगर पालिकाले ठुलो ठुलो गफ गरेझै समाजिक सुरक्षा भत्ताबाट आस्रित नागरिकको आशामा पानी फेरेको छ।
कलैया उपमहानगरपालिका सरकार लुकेर साढी बितर्ण गर्छ । कम्युनिष्ट सरकारले रु एक सय प्रती महिना बाट सुरु गरेर आज महिनाको तीन हजार सम्म पाउदै आएका  वृद्ध ,अपाङ्ग , बिध्वा तथा एकल महिला भत्ता यस्तो महान पर्बमा बितरण नगरेर निकम्मापन प्रमाणित गरेको छ।सायद यस्तै भता बाट कलैया उपमाहानगर पालिका सरकारले आपनो परिवारको पर्व मनाउनु परेको भए के हुन्थ्यो होला भनि प्रश्न नेकपाको कलैया उपमाहानगरपालिका सचिव क. मुकेश साहले गरेका छन।
तिन तहको सरकार नहुदा समयमै हामिले समाजिक सुरक्षा भत्ता पाँउदै आईरहेको तर जनताको लागि सहज हुने भनि देशमा तिन तहको सरकार निर्माण भईसकेको बेला हामिहरुको महान पर्ब छठ पर्बमा पनि सा सु भत्ता उपलब्ध नभए पछि साहु महाजनसँग ब्याजमा लिई छठ पर्वको समान किन्नु परेको कलैया उपमहानगरपालिका वडा नम्बर १४ का धुपा हजाराले दुखेसो पोखेका छन।
जेष्ट नागरिक , अपाङ्ग , विध्वा तथा एकल महिलाले नेपाल सरकारबाट पाउदै आईरहेको सा सु भत्तामा पनि कलैया उपमहानगरपालिकाले राजनितिक गरेको र उनिहरुको सासु भत्ता समयमा नदिएको आफैमा नै लाजमर्दो रहेको छ। यस्तो किसिमको राजनितिक नगरिदिन र सासु भत्ता पाउनेलाई सम्मान गर्न स्थानिय समाजसेबिले आग्रह पनि गरेका छन।

 

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.