google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
योजना छनौट भईसकेपछि कलैया उपमहानगरपालीकाको मेयर ललिपप बांडदै
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
देशमा सँघियता लागु भई स्थानिय तहको निर्वाचन भएको झन्दै तिन बर्ष बितिसकेको छ। आ-आफ्नो स्थानिय तहलाई बिकास र प्रबर्धन गर्न सँघ सरकारले प्रत्येक आर्थिक बर्षमा सर्शत अनुदान , बितिय अनुदान , समानिकरण अनुदान , समपुरक अनुदान र बिशेषअनुदान गरी अनुदान माथि अनुदान प्रदान गर्दै आईरहेको छ। ति अनुदानलाई खर्च गर्न स्थानिय तहको जनप्रतिनिधिलाई अख्तियारी दिईएको छ भने कर्मचारीलाई सहयोग गर्न खटाईएको छ।

स्थानिय निर्वाचन भएको तिन बर्षको बजेट आफ्नो आसेपासेका चाकरी गर्नेलाई , नातेदार र बाफादारहरूलाई दिई काम भन्दा कागजमै गरी गराई सम्पुर्ण बजेट समाप्त गरीएको अवस्था राजनितिक विषलेश्कहरूको भनाई रहेको छ। चालु आर्थिक बर्षको सम्पुर्ण योजनाहरु बिगत झै बाडफाँड गरी सकेपछि आउँदो आर्थिक बर्षको बजेट स्थानिय निर्वाचन आउने भएकाले चलाउन पाउछ कि पाईदैन स्पष्ट व्ववस्था संबिधानमा गरिएको छैन ।
कलैया उपमाहानगरपालिकाको नगर प्रमुख राजेश राय यादब बिगतको तिन बर्षको बजेट पनि आसेपासे र चाकरी गर्नेलाई दिई कतिको बिकास गर्नुभएको छ स्थानिय बुध्दीजिवीले त्यो हामि देखेका नै छौ र चालु बर्षको बजेट पनि बन्द कोठामा नै सिमित रहि नगरसभाबाट पारित भईसकेका अवस्था रहेको बताउने गरेकोछ।

बिश्वभरि नै कोभिड-19 को कहर चलिरहेको बेला हाम्रो देश पनि अछुतो नरहेको बेला कलैया उपमहानगरपालीकाले गरेको खर्च जनताले जनकारी लिन निवेदन दिदा दिन नचाहेको कलैया ५ का रमेश साहले अारोप लगाएको छ । लकडाउन खुकुलो भएसँगै एक घर एक पिसिआर लागु गर्न पिसिआर मेसिन खरिद कार्य पूरा भए पनि त्यसलाई संचालन नगराई कलैया उपमाहानगरपालिका को नगर प्रमुख यादव आफ्नो नगरपालिका भित्रको वडाहरुको कुनै कुनै टोलमा झुटो समस्या बुझ्दै समाधान गर्ने आश्वासन दिईराखेको स्थानिय बुद्धिजिवीले गुनासो पोखेका छन।

जब चालु आर्थिक बर्षको बजेट बाडफाँड गरिसकेको अवस्थामा अहिले गाँउघरमा गई गाँउघरको समस्या बुझि के नै गर्न सकिन्छ। ति गाँउघरको समस्या न त योजनामै समाबेश गर्न सकिन्छ नत्र काम नै मात्र जनतालाई भ्रमित पार्नका लागि जनताको करबाट खरीद गरिएको ईन्धन खर्च गर्ने कार्य गरि रहेको समुदायका अगुवाहरू बताएको छ ।

निर्वाचन अब आउँदै गरेकोले जनतालाई आफु बिकासको पक्षमा रहेको भ्रम बाहेक अरु केहि नभएको र बिगतको लपर्वाहि धाकछोप गर्न खोजिएको स्थानिय समाजसेविहरुले बताईरहेकाछन।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
सँम्भार:-cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0