बिरगंज नारायणी अस्पतालको मेसुमा डा.सञ्जय ठाकुर
बिरगंज नारायणी अस्पतालको मेसुमा डा.सञ्जय ठाकुर


बिरगंज ,बद्री नाथ झा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालको मेडिकल सुपरीटेन्डेन परिवर्तन गरेको छ । मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै नारायणी अस्पतालको मेसुको जिम्मेवारी डा सञ्जय ठाकुरलाई दिएको छ ।

उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए भने जनकपुर प्रदेशिक अस्पताल को मेसु रहेर जनकपुर प्रदेशिक अस्पताल को मुहार नै परिवर्तन गरेका थिय भने एक समय व्यापक चर्चा मा रहेका थिए।नारायणीका मेसु रहेका डा मदनकुमार उपाध्यायलाई संतोषजनक काम प्रगति न देखिए पछी मन्त्रालय फिर्ता बोलाइएको छ ।
पछिल्लो समय वीरगञ्जमा कोरोनाको हटस्पट बन्दै गएको छ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेपछि सेवा सञ्चालन गर्न समेत गाह्रो भएको छ ।केही
दिन पुर्व अस्पताल मा स्थानीय आक्रोशित ब्याक्तीहरु द्वारा
अस्पताल तथा डाक्टरहरु को गाडी तोडफोड गरिएको थियो।