google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाल शिक्षक संघ नगर कार्य समिति महागढ़ीमाई नगरपालिका बरियारपुर, बारा द्वारा ज्ञापन पत्र बुझाइएको हो। श्रीमान प्रमुख जिल्ला अधिकारी लाई जिल्ला प्रसासन कार्यालयमा पुगेर बुझाइएको हो। विश्वको जल्दो बल्दो अवस्थामा गरिमामय शैक्षिक पेशामा रही विधार्थीहरुको उज्जवल भविष्य बनाउने उदेश्यका साथ शिक्षकहरु आफ्नो कार्यक्षेत्रमा गर्नु पर्ने सम्पूर्ण जिम्मेवारी वहनगर्दै आएको तर २०७९ माघ देखि हाल सम्मको तलव भत्ता, पोशाक भत्ता लगायत विद्यालयमा जानु पर्ने सम्पूर्ण निकाशाहरु नपाएकोले सम्पूर्ण शिक्षकहरु मारमा परेको भन्दै ज्ञापन पत्र द्वारा ध्यान आकर्षण गराउन गराएका छन्।

सात दिन भित्र माग पुरा नभए वाध्य भएर थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। हाम्रा मागहरु मध्ये मिति २०७९/१०/१ देखि हाल सम्मको तलब भत्ता, शैक्षिक सत्र २०७९ सालको पोशाक भत्ता, आ.व.२०८०/८१ को पाठ्यपुस्तकको रकम, छात्रवृती, दिवा खाजाको रकम, मसलन्द खर्च, प्रसासनिक खर्च रकम तथा विधालय सहयोगी, बालविकास र लेखापालको छुट रकम निकासा आदि राखेका छन्।

यी मांगहरु समयमा पूरा नभए आन्दोलनका कार्यक्रमहरु परिवर्तन गर्दै जाने वारे विज्ञप्तिमा जनाइएको हो। २०८०/१/२६ गते मंगलबारका दिन पालिकाका विधालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारी, बालविकासहरुले हातमा कालो पट्टी बाधी कक्षा संचालन गर्ने, २०८०/१/२७ गते बुधवार आ-आफ्नो विद्यालयमा १ (एक घण्टा ) कलम डाउन गरी कक्षा संचालन गर्ने, २०८०/१/२८ र२९गते बिहिबार र शुक्रवार सम्पूर्ण शिक्षक कर्मचारी, बालविकास सहयोगी कार्यकार्ताहरु यस नगरपालिकाको कार्यालय बरियारपुरमा दिनको ११:०० बजे देखि धर्नामा बस्ने, २०८०/१/३० गते आईतबार यस पालिकाका सम्पूर्ण विद्यालय बन्द गरी रिले अनसनमा बस्ने र यसवाट विधार्थीहरुमा पर्न जाने मर्काको सम्पूर्ण जिम्मेवारी पालिकाको हुने छ विज्ञप्तिमा जनाइएको हो।

विज्ञप्ति वारे शिक्षा बिकास तथा समन्वय एकाई कलैया, बारा २.बी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाण्डौ, बी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाण्डौं लगायतका ठाउँमा बोधार्थ समेत गरेका छन्।

नेपाल शिक्षक संघ, नगर कार्य समिति महागढीमाई नगरपालिका बरियारपुरका कार्यवाहक अध्यक्ष रामबाबु प्रसाद यादवको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक संघ, नगर कार्य समिति महागढीमाई नगरपालिका बरियारपुर बाराका सचिव जितेन्द्र प्रसाद साहले जानकारी दिएका छन्।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0