google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंज – द साझा फाउन्डेसनले दोस्रो हप्ताको तेस्रो दिन बुधबार पनि नारायणी अस्पताल वीरगंजमा भर्ना रहेका बिरामीको कुरुवा बसेका १३२ जनालाई नि:शुल्क खाना वितरण गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नारायणी अस्पतालका मे.सु. डा. बिरेन्द्र बहादुर प्रधान, फाउन्डेसनका वरिष्ठ सल्लाहकार दीलिप कुमार सिंह, अनुज पटेलको विशेष उपस्थितिमा खाना वितरण गरिएको फाउन्डेसनका सचिव सन्दिप साहले जानकारी दिए ।

खाना वितरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष अनुराग झा, उपाध्यक्ष नितेश पटेल, कोषाध्यक्ष सौरभ पटेल, सचिव सन्दिप साह, सह-सचीव सुभाङ्कर ठाकुर, कुमेश कुशवाहा, करण पाँण्डे, राइनो युवा क्लबका अध्यक्ष श्याम गुप्ता, पत्रकार आनन्द पटेल लगायतकाे उपस्थिति रहेको थियो ।

द साझा फाउन्डेसनले हप्तामा २ दिन नि:शुल्क खाना वितरण निरन्तर गरिरहने र आजको खाना वितरणमा आर्थिक सहयोग गरेका सुनिल साह र कुमेश कुशवाह फाउन्डेसनले धन्यावाद व्यक्त समेत गरेकाे छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0