प्रदेश सभा सदस्य कुर्मीले सडक तथा नालाको गरे उदघाटन
वीरगंज – वीरगंज महानगरपालिका वडा न.१७ अलौ कोन्हिया टोलमा सडक तथा नालाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ।
घटस्थापनाको शुभ उपलक्ष्यमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेस प्रदेश सभा सदस्य माननीय रमेश प्रसाद कुर्मीको संसदीय बिकास कोषबाट एक करोड पैतिस लाखको लागतमा निर्माण भएको उक्त सडक तथा नालाको सोमवार उदघाटन गरिएको हो।
माननीय रमेश प्रसाद कुर्मीको प्रमुख अतिथित्योमा भएको उक्त कार्यक्रममा नवरात्र आरम्भ संगै अलौ कोन्हियाटोलका स्थानीयहरुले भब्यरूपमा कलश यात्रा समेत निकालिएको थियोे ।