google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

मेयर जनताको स्वास्थ्यसंग खेलवाड गर्दै

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा, प्रभु यादव।
बाराको पचरौता नगरपालिकाका मेयर जलान्धर सिंह जैसवार जनताको स्वास्थ्यसंग खेलवाड गर्दै स्थानिय पार्टी प्रतिनिधिहरूको आरोप रहेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैयामा शनिवार पत्रकार समेलन गरि पार्टी प्रतिनिधिहरू जनकारी गराएका छन । पचरौता नगरपालीकाको जनता समाजवादी पार्टीको नगर अध्यक्ष एवं पुर्व मेयर रमेश यादवले प्रेस विज्ञाप्ती पढेर जनकारी गराएका छन् । श्रावण ३ गते पचरौता नगरपालिकाका मेयर जैसवारले नगर भित्र पालिकावाट सञ्चालित नगर अस्पताल, स्वास्थ्य चौकी ल्याव सेवा र वर्थिग सेन्टरहरूको सेवा बन्द गराएको सुचना जारी गरि जनतालाई जनकारी गराएको प्रति गंभिर ध्यानाकर्षण भएको उक्त कार्यको घोर भर्तसना गरेको यादवले जनकारी गराए ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सेवा सम्बन्धि हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको र स्थानिय तहमा निर्वाचित भए पश्चयात मेयर जैसवारले पदभार सम्भालन सपथ ग्रहण गर्दा नेपालको संविधान प्रति पुर्णरूपमा बफादार रहि कार्यसंपादन गर्ने प्रतिज्ञा गर्दा गर्दै स्वास्थ्य सेवालाई बोर्डको निर्णय विना एकलौटी सेवा बन्द गर्नु राणा कालिन शासन जस्तै एकलौटी निर्णय गरि जनतालाई ठग्ने कार्य बन्द गरीएको स्वास्थ्य सेवा अविलम्ब सञ्चालन गर्न जोडदार माग गरेको यादवले बताए ।

स्थानिय चुनावमा होमिएको बेला सबै राजनितिक दल र निर्वाचित एमालेले जनताको समाजिक सुरक्षा भता एक हजार थप गरेर सहजरूपमा घरमै पुर्याउने लेखे तर थपको कुरा परै जाओस, पाउनु पर्ने भता समेत पाउन नसकेकोमा नगर भित्रमा रहेका पार्टीहरूको ध्यानाकर्षण भएको विज्ञाप्ति मार्फत जनकारी गराएको छ ।

पालिकामा रहेका करिब एक सय जना कर्मचारीलाई बोर्डको निर्णय विनै हटाएर आफू नजिकका रहेकाहरू लाई खासै काम नरहेका शाखामा राखेर काममा लगाएको मेयर जैसवारको काम प्रति पार्टी प्रतिनिहरूले घोर भर्त्सना गरेको छ। विना निर्णयको कार्यालयमा सरसफाइ गर्नेको काममा लगाएको र पहिले देखि काममा रहेका काररका कर्मचारी राकेश प्रसाद चौरसिया, पिकी यादव, रामाकान्त यादव, अवधकिशोर प्रसाद साह, रंधिर पासवान, दिपक प्रसाद चौधरी, रामबाबु यादव, जाबेद मन्सुरी, सोनालाल पटेल, हिरामुनी शर्मा, दिपेन्द्र पंडित, जटाशंकर चौधरी, विजय पासवान र अनिल पटेललाई काममा लगाउदै आएकोमा पार्टी प्रतिनिधिहरूको घोर आप्ती रहेको विज्ञाप्तीमा जनकारी गराईएको छ ।

बोर्डको बैठक बोलाउने अधिकार मेयर जैसवारको रहेकोले अविलम्ब बईठक गरि समस्या समाधान गर्न अहवान गरेको छ नगरेमा सबै पार्टीले विशेष कदम चालन बाध्य हुने प्रेस विज्ञाप्तीमा जनकारी गराएको छ । कलैया देवकीलाल धर्मशालामा भएको पत्रकार समेलनमा नेपाली काग्रेसका नगर सचिव सुनिल यादव, नेपाल कम्युनिस्ट पार्टी एकृकीत समाजवादीका नगर अध्यक्ष जयप्रकाश यादव, नेकपा माअोवादीका नगर अध्यक्ष विरेन्द्र प्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला सदस्य देवनाथ सहनी र जनमत पार्टीका मेयर प्रत्यसी जुमा हुसेन लगायतको सहभागिता रहेको थियो ।

नगर प्रमुख जैसवार संग बुझ्दा नगरपालिका कसैको एक्लौटी नरहेकोले कसैले एक्लौटी हिसाबले हिड्न नसक्ने भएकोमा बन्द गर्न बाध्य भएको बताए। पुर्व नगर प्रमुख रमेश यादवले आफू मेयर रहेकाे बेला जनता लाई सास्ती भोग्न बाध्य बनाएको आरोप लगाए। पचराैता नगर कार्यपालिकामा जसपाको संख्यात्मक बहुमत भएका कारण यादवले जसपा पार्टी बाट निर्वाचित सदस्यहरू संग ठूलो रकमको कपाली तमसुक कागज नै गराएर हाम्राे स्वतन्त्रता खाेसेकाे केेही सदस्यहरूले दु:खेसाे पाेखेकाे मेयर जायसवारले बताएका छन्। जनताका लाेकतान्त्रिक प्रतिनिधिहरु लाई आफनै ईसारामा चली पलिकाको काम कर्तव्य र अधिकार प्रति बिमुख हुन बाध्य बनाएको पोल खुलेका छन्। जसको फलस्वरूप विभिन्न बहानामा हाल सम्म नगर सभा हुन सकेको छैन । त्यति मात्र नभएर जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ लाई भनसुन गरि पालिकामा अर्को कार्यालय प्रमुख लाई समेत नआउन दिन लाई समेत आफ्नो पक्षमा पारी नगरवासी लाई दु:ख भोग्न बाध्य बनाएको मेयर जैसवारले पुर्व मेयर यादव माथि आरोप लगाउदै बताएका हुन।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0