google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया , बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जिल्ला समन्वय समिति (जिसस ) बारामा आज सोमबार ३० गते भएको निर्वाचनमा १६ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि ३२ जनाले मतदान गरेका थिए। उक्त निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएका छन।

सोमबार भएको निर्वाचनमा जिसस बाराको प्रमुखमा नेकपा एमालेका नरेन्द्र साह र उपप्रमुखमा एमालेका चण्डिका सापकोटा उप्रेती निर्वाचित भएका छन् । बाँकी ७ सदस्यमा जसपा ३ पद, एमाले २ पद र लोसपा २ पदका उम्मेदवारहरू विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतका अनुसार, जिससको प्रमुखमा साह २० मतका साथ निर्वाचित भएका हुन्। त्यसै गरि पार्टीका उप – सभापति पदका उम्मेदवार चण्डिका सापकोटा उप्रेतीले १७ मत मात्रै प्राप्त गरेकी छिन।

बारामा रहेको १६ स्थानीय तहमा बैशाख ३० को निर्वाचनमा प्रमुख र उपप्रमुख गरि कांग्रेसले ८ पद, एमालेले ११ पद, जसपाले ६ पद, माओवादीले १ पद, तराजु २ पद र लोसपाले ४ जना प्रमुख पदमा विजयी हासिल गरेका थिए।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0