google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

निर्वाचित जनप्रतिनिधि सपथ नलिए पुन: निर्वाचनको विकल्प मात्र रहेको

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

निर्वाचित जनप्रतिनिधि सपथ नलिए पुन: निर्वाचन निर्वाचनको विकल्प नरहेको अधिवक्ताहरुले बताउने गरेका छन्। अधिवक्ता शिवनाथ यादवका, प्रेमलाल चौधरी लगायत अधिवक्ताहरुका अनुसार निर्वाचित प्रतिनिधिले पटकपटक सपथको पत्र काट्दा सपथ नलिए अदालती प्रक्रियामा अदालतका न्यायधिस समक्ष नगर प्रमुख बाट लिनु पर्ने हुन्छ। कुनै कारण, वा बहानामा अनुपस्थित भए, अदालतले सपथ नलिएको पद खारेज गरि पुनः निर्वाचनको प्रक्रियामा जाने व्यवस्था रहेको बताएका छन्। शपथ ग्रहणका लागि शपथ नलिएका प्रतिनिधिहरु लाई नवनिर्वाचित नगर प्रमुख कलवारले पत्र पठाउदा हिजो पनि शपथ लिन नआएको तथा निर्वाचन अधिकृत मनोज जैसवाल पनि हिजो अनुपस्थित रहेका थिए। शपथ नलिएकोमा अब अदालती प्रक्रियामा नै जाने विकल्पको व्यवस्था रहेको छ।

स्थानीय सरकार संचालन ऎन १०९को उप नियम २ बमोजिम उपाध्यक्ष, अध्यक्ष, वडा अध्यक्ष र सभाका सदस्यले अध्यक्ष वा प्रमुखले सपथ लिएको सात दिन भित्र सम्बन्धित अध्याक्ष वा प्रमुख समक्ष अनुसूची -२ बमोजिमको ढाँचामा पद तथा गोपनियताको शपथ लिनु पर्ने व्यवस्था रहेको छ। स्थानीय तह निर्वाचन नियमावली २०७३को नियम ३३क.अनुसार शपथ नलिई निर्वाचानमा सहभागी हुन् नपाउने व्यवस्था रहेको छ। यस नियमावलीमा अन्यत्र जनुसुकै कुरा लेखिएको भए तापनि गाउाँसभा नगर सभाको कुनै पदमा निर्वाचित भएको व्यक्तिले ३८क. बमोजिम सो पदकोशपथ नलिए सम्म नगर सभम गाउाँ कार्यपालिका तथा नगरकार्यपालीकाको महिला र दलित वा अल्पसंख्यक सदस्यको निर्वाचन तथा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार हुन, उम्मेदवारीको प्रस्तावक वा समर्थक तथा मतदान गर्न नपाउने तथा कुनै प्रकारको कार्यभारको उत्तराधिकारी हुन् नपाउने व्यवस्था रहेको छ।

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका सिम्रौनगढ नगरपालिकाका जनप्रतिनिधिहरुको पद तथा गोपनियताको सपथ ग्रहण तथा स्वागत कार्यक्रममा नेपाली कांग्रेस बाट निर्वाचित भएका जनप्रतिनिधिहरुले अरु पार्टीको नगर प्रमुख बाट सपथ लिन नमानेकोले जम्मा २१ जनाले मात्र सपथ लिएका थिए। पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेस बाहेक सम्पूर्ण वडाध्यक्ष र सदस्यहरु लाई निर्वाचित नगर प्रमुख किशोरी प्रसाद कलवारले सपथ गराएका थिए। बुधबार नगरपालिकाको सभाहलमा नवनिर्वाचित उप-प्रमुख, वडाध्यक्ष र सदस्यहरु लाई पालिका प्रमुख किशोरी प्रसाद कलवार र उप-प्रमुख नजमु शेहर तथा नेपालीकांग्रेस बाहेक अरु पार्टी बाट निर्वाचित प्रतिनिधिहरुले शपथ लिएका थिए।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0