सिम्रौनागढ़ सामाजिक संदेश

युवा नेता रहबर अन्सारीले सता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज – पर्सा क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनको तर्फबाट उनले प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

Simraun gadh Covid New -078

माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका उनले आम जनता, युवा र पिछडिएको क्षेत्रको समुचित विकासका लागि आफूले उम्मेदवारी दिएको बताए।

उनले प्रतिगमनसँगको लडाइँमा सत्ता गठबन्धनबाट जसपा बाहिर गएर एमालेसित गठबन्धन गर्नु मधेसी जनतासित धोका भएको बताए।

जसपा आफ्नो विचारमा अडिग नभएर सत्ता गठबन्धनबाट बाहिर गएर एमालेसँग गठबन्धन गरेर चुनाव लड्नुले मधेसी जनता ठगिएको प्रष्ट भएको अन्सारीले बताए।

०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका अन्सारी केही मतले मात्रै पराजित भएका थिए।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.