google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

धेश प्रदेशको बारा जिल्लाको क्षेत्र न. १ सिम्रौनगढ़वासीले लोसपा लाई सहानुभूतिको मत दिएर सर्वसधारणहरुले यसपाली जसरि भए पनि लोसपा नेपाल लाई नै जिताउने अभियानमा लागेका छन्। सिम्रौनगढ़ प्रमुख पदका उम्मेदवार किशोरी साह कलवार तथा उप-प्रमुख्मा नजमु शेहर तथा सम्पुर्ण पदका उम्मेदवार लाई सहानुभूतिको मत दान गर्ने सर्वसाधारणले वताउने गरेका छन् । यस सिम्रौनगढ़ नगरपालिकामाा मनोनयन गराएका सबै उम्मेद्वारहरु घर-घरमा सर्वसाधारण सित जितको सुनिश्चितताका लागि आशीर्वाद लिन जादा सबैले जीतको आशीर्वाद दिने गरेका छन् । सर्व साधारणले लोकतान्त्रिक समाजवादी पार्टीका सबै जना उमेदवार लाई मतदान गरि जीताउने धारणा बोकी स्वस्फुर्त रुपमा सर्वसधारनहरुले भोट माङ्ग्न थालेका छन्।

विगतका वर्षमा समाजमा भएका कमिकमजोरीहरु लाई मध्य नजर गरि दारु, मासु आदि इत्यादिको जालोमा कसै लाई पर्न नदि सबै लाई सजग गराई रहेको सर्वसाधारणहरु भन्ने गरेका छन्। कुनै कुराको प्रलोभनमा परे फेरी हामि आफ्नो अधिकार वाट बन्चित हुने कुराले हामि अब सधैका लागि सजग तथा सचेत भएको तथा गरेको जनताहरुले बताउने गरेका छन्।

लोसपा नेपालका तर्फ़ बाट पालिका प्रमुख कलवार तथा उप-प्रमुखकी उम्मेदवार शेहर लाई सहानुभूतिका लागि पिठ्युँ ठोकी आशीर्वाद दिने गरेका छन् । घरदैलो कार्यक्रममा लोसपाका सबै उम्मेदवारहरुले गाउघरको सबै समस्याहरु बारेमा बुझ्दै समाधान गर्ने प्रतिबद्धता सहित बाचा गर्ने गरेका छन् । यी सबै उम्मेदवारहरुले जनताको हरेक दु:ख शुखमा संगै रहने गरेको कुरा लाई आत्म सात गर्दै एक जुट भएर अगाडी बढेका छन्। सिम्रौनागढ़ नगरपालिकाका वासीले साइकलमा मात्र मतदान गरि आफ्नो समाज आफै बनाउ भने मूल नारा बनाई लोसपा मैय भएका छन्।

सर्वसधारनहरु गाउघरमा घरदैलो गर्दै लोसपा नेपालले नै हाम्रो समाजमा परिवर्तन ल्याउने विश्वासका साथ यस पालिकाको भविष्य सुनिश्चित गर्न अगाडी बढेका छन्। सामाजिक कुरीति, तानाशाह, निरंकुस्ता, अनियमितता तथा सर्व प्रथम शिक्षा, स्वास्थ तथा कृषिप्रधान पालिका व्यवहारमा लागू गराउने लगायतका विषयमा सजग हुदै यसपाली साइकाल छापमा मतदान गरि आफ्नो समाज लाई सहि दिशामा डोर्याउन लागेको स्थानियहरुले बताएका छन्।

हाम्रो देश तथा मधेशको कल्याण गर्न लोसपा नेपाल लाई नै निर्वाचित गर्न अनिवार्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य डा.कमरुल्लाह अंसारीले बताए। हाम्रो मधेशको मांग तथा अधुरा अधिकारहरु अहिले पनि ओझेलमा रहेकोले लोसपा नेपाल निर्वाचित भए मात्र ती सबै समस्या समाधान हुने लोसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारिले बताए। विगतको आन्दोलनको कुरा लाई ध्यानाकर्षण गराई साइकल छापमा मात्र मतदान गरि सबै पदका उम्मेदवारहरु लाई निर्वाचित गर्न आग्रह गर्ने गरेका छन् ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0