सिम्रौनागढ़ सामाजिक संदेश

खोलामा उत्खन्नका लागि गरिएको ठेक्का रद्द गर्न संयोजक गुप्ता द्वारा दबाव मुलक बिरोध र्याषली तथा ज्ञापनपत्र प्रजिअ बारा लाई

Pacharauta covid new -078
Holi Suvarn 078
(Last Updated On: September 28, 2021)

कलैया, बारा।

चुरे तथा वनजंगल संरक्षण अभियानले निजगढ नगरपालिका अन्तरगतको विभिन्न चुरे क्षेत्रको खोलामा उत्खन्नका लागि लगाईएको ठेक्का रद्द गर्न दबाव मुलक बिरोध रयाली तथा ज्ञापनपत्र प्रजिअ बारालाई बुझाइएको छ।

अभियन्ताहरुले आज कलैयाको रामजानकी मंदिर बाट शुरु भई कलैया बाजार भरी परिक्रमा गरिदै निजगढ नगरपालिका र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति विरुद्ध विभिन्न नाराबाजी गर्दै कलैयाको बजार परिकारमा गरि अभियानका बारा जिल्ला संयोजक सुरज गुप्ताको नेतृत्व तथा लोसपा नेपालका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीको प्रमुख आतिथ्यमा बाराका प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर कटुवाल लाई ज्ञापन पत्र बुझाएका छन्। (चुरे मास्न पाईदैन, निजगढ नगर प्रमुख मुर्दाबाद, चुरे दोहन बन्द गर, राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति मुर्दाबाद, चुरे क्षेत्रको ठेक्का बदर गर भन्ने बिभिन्न नाराबाजी गर्दै) वारा जिल्लाको निजगढ नगरपालिकाले चुरेक्षेत्रको खोला उत्खननका लागि लगाइएको ठेक्का तत्काल वदर गर्न माग गर्दै दबाव मुलक बिरोध रयाली गरेका छन।

नदि दोहनबाट अहिलेसम्म नआएको वाढी यो सालमा पुरै नगरपालिका नै बाढीको प्रभावमा परेको र बाढीको कारणले लालबकैया खोलाको राजमार्गमा रहेको पुल नै भत्कीनबाट बाचेको र लालबकैया खोला संग दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ जोडिएको हुनाले भोलीको दिनमा चुरेमा हुने उत्खननले विमानस्थल परियोजनालाई पनि असर पार्नेछ र त्यसको जिम्मेवारी नगर प्रमुखले लिनुपर्छ।

Simraun gadh Covid New -078

डा. कमरुल्लाह अंसारीले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले चुरे तथा वजनंगल लाई संरक्षण र सम्बर्द्धनमा जोड दिनुको सट्टा चुरे दोहन र अवैध ठेक्का दिनु भनेको निजगढ वासी, बाराबासी, सिंगो मधेश र राष्ट्रको अहित पुरयाउने कार्यमा साथ दिनु भनेको मधेश र यो देशका लागि ठुलो दुर्भाग्यको विषय रहेको वताए।

डिभिजन वन कार्यालय वाराको विरोध हुदा पनि निजगढ नगरपालिका र राष्ट्रपति चुरे तराई मधेश सरंक्षण समितिको मिलोमतोमा निजगढ नगरपालिकाले चुरे क्षेत्रमा पर्ने नदीहरुको ठेक्का लगाएको प्रति चुरे तथा वनजंगल संरक्षण अभियानले सशक्त विरोध र चुरे वनजंगल विनाश गर्ने ठेक्का तत्काल वदर गर्न माग समेत गरे। यदि सम्बन्धित निकायले हाम्रो मांग प्रति संवेदन शिल भएन भने हामि चरण बद्ध आन्दोलन गर्न बाध्य हुने जनाएका छन्।

बारा जिल्लाको निजगढ नगरपालिकाले चुरे क्षेत्र भित्रमा पर्ने वडा नं ३ को वगरे खोला, वडा नं १२ को भक्तलाल , वडा नं १ को धन्सार, वडा नं ४ को वकैया र वडा नं १३ को शक्ति खोलामा नदि जन्य पदार्थ उत्खनन तथा निकासीको ठेक्काका लागि गत साउन १३ गते विज्ञापन निकालेको थियो। सोहि विषयमा चुरे अन्तरगत पर्ने कुनै पनि वस्तुमा ठेक्का लगाउनका लागि वन कार्यालय संग समन्वय गर्नुपर्नेमा चुरे अन्तरगतको नदिलाई आर्थिक लाभका लागि दोहन गर्ने कुनै पनि कार्यक्रम नगर्न वन कार्यालय आपती जनाएपछि ठेक्का प्रक्रिया बारे रोक लगाएको थियो ।

तर पुर्व राष्टपति डा रामवरण यादवले अगाडी बढाएका राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार काठमाण्डौ र जिल्ला समन्वय समिति वाराले नदि उत्खन्नका लागि नीजगढ नगरपालिकालाई सहमती प्रदान गरेपछि पुनः ठेक्का लगाई उत्खन्नको प्रक्रिया अगाडी बढाइएको छ। चुरे अभियान कर्ताहरु राज कुमार यादव, सलेंद्र यादव, बिरेन्द्र यादव, विष्णु जैसवाल, सल्लाहकार ठाकुर साह कानु, ऋषि कुमार यादव, राजन कुमार साह, मुन्ना कुमार साह, विवेक गुप्ता, मदन गुप्ता लगायत सयौ अभियानीहरुको उपस्थिति रहेको थियो।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.