google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / कोरोना महामारीको जोखिमपुर्ण अवस्थामा पनि अग्र पंक्तिमा रहेर कामगर्ने प्रहरी सुरक्षाकर्मीहरु को लोकप्रियता दिन दिनै कम हुदै गैइरहेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा निषेधाज्ञाको कारण देखाएर सानातिना ब्यापारी तथा सर्वसाधारणहरुलाई दैनिकै पक्राउ गरी चर्को जरिवाना गराई छाड्ने गरेका छन त कही सोर्स भएका भनसुन हुने जस्ता व्यक्तिहरुलाई सम्झाई बुझाई पठाउने गरेका पनि छन । नियम कानुनलाई मिच्ने जोकोहीलाई पनि प्रशासनले कार्वाहीको दायरामा ल्याउनु स्वभाविक हो तर विभिन्न ठाउमा कानुनको पाठ सिकाउनेले कानुन मिच्नेलाई कार्वाहीको दायरामा ल्याउने त्यही प्रहरीहरुले कानुन मिच्दा कस्ले कार्वाही गर्ने वा कार्वाही हुने कि नहुने एउटा प्रशन चिन्ह बनेको छ ।

शनिवार बिहानको समयमा बा २ झ ४०५२ नम्बरको प्रहरी भ्यान भाट भटेनी अगाड़ी नो पार्किंगको साईन बोर्ड रहेकै ठाउमा रोकी उक्त भ्यानमा रहेको सादा पोसाक लगाएको एक व्यक्ती निस्केर निकै बेर भाट भटेनीमा किनमेल गरेर फ़र्किएका थिए । आवश्यकता अनुसार किनमेल गर्ने अधिकार सबै लाई छ तर साधारण किनमेलको लागी मात्र प्रहरी भ्यान लिएरै जानु त्यस्मा पनि नो पार्किंग क्षेत्रमा घन्टौ गाडी पार्किंग गर्नुले के बुझ्न सकिन्छ । सर्वसाधारणले त्यही गलती गरेको भए त्यही प्रहरी बाट ठुलै अपराधी सरह व्यवहार गरिन्थ्यो । जसरी अहिले महामारीको कारणले किस्ता, घर सटरको भाडा, तथा परिवारको पेट भर्न आफ़्नो सानोतिनो व्यवसाय गर्ने पसलेहरुलाई दैनिक बिहान बिहानै पक्राउ गरी हत्कडी लगाएरै जिल्ला प्रशासन कार्यालयमा पेश गरिन्छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0