google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

हत्यामा संलग्न तिन जना अभियुक्तलाई प्रहरीद्वारा सार्बजनिक 
रमेश साह
कलैया बारा
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २३ बस्ने १४ बर्षिय साहिद हुसेनको हत्यामा सँलग्न रहेका ३ जना अभियुक्त पक्राउ परेका छन् ।
सोहि वडाका २० वर्षिय कियामुदिन मसुरी, अमर मिया  हजाम र आवेदिन मिया अंसारी रहेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी गराएका छन् । हत्यामा प्रयोग गरिएको खुकुरी समेत फेला परेको उनले बताए ।
मृतक फागुन ११ गते देखि हराएको र निजका अभिभावकले फागुन १३ गते खोजतलाश गरि पाउ भनि प्रहरी कार्यलयमा निवेदन दिएको प्रहरीलाई जानकारी गराएको थियो  । निजको हुलिया सहितको फोटो देश भरिको प्रहरी चौकीमा परिपत्र गरेको शाहीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
प्रहरी नायव उपरिक्षक गौतम मिश्रको नेतृत्वमा अनुसन्धान टोली खटाई मेनुअल र प्राविधिक रुपमा अनुसन्धान गरिएको  थियो । तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको थियो । अनुसन्धानको क्रममा करिव ५० जना भन्दा बढि मानिससँग सोधपुछ समेत गरिएको थियो ।
हत्या पारिवारिक झै झगडा, जग्गा जमिन, रिसईवी, आपसी विवाद, प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक शाहीले जानकारी गराएका छन् ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0