google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पर्सामा पर्यटकीय सम्भावना प्रचुर : सांसद यादव

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बीरगन्ज, ०४ चैत । पर्सा निर्वाचन क्षेत्र नं १ सांसद प्रदीप यादवले स्थानिय तहहरुमा विकास भएपनि जनताले अनुभूत गर्न नसकेको बताएका छन् । जनताले प्रत्यक्ष अनुभूत गर्नसक्ने गरि विकास निर्माणका कार्यहरु स्थानिय तहले अगाडी बढाउन नसकेको बताएका हुन् । बुधबार जिल्ला समन्वय समिति पर्साको साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान परिपेक्छमा जनप्रतिनिधीहरुको समन्वयको विकल्प नभएको बताए । पर्साका ४ वटै क्षेत्रका प्रतिनिधीसभा सदस्य, ८ वटै प्रदेशसभा सदस्य र १४ वटै स्थानिय तहका प्रमुख–उपप्रमुखहरुको समन्वय बिना पर्साको सर्वाङ्गीण विकास सम्भव नभएको उनले टिप्पणी गरे । संसदीय विकास कोषको रकमबाट जनता सडकमा लगानी गर्न उनले पर्साबाट निर्वाचित प्रतिनिधीसभा सदस्यहरुलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेको सांसद यादवले पर्सामा पर्यटकीय सम्भवना प्रचुर भएको औल्याउँदै यहाँको पर्यटन पुर्वाधारको विकासमा सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिएका थिए । केन्द्र सरकारबाट योजना स्विकृत गराई यहाँ चिडियाखाना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले बीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकासँग चिडियाखाना निर्माणार्थ जग्गाको माग गरे । यादवले केन्द्र सरकारले जिससलाई अधिकारविहीन बनाएको आरोप लगाए ।
उनले संस्था खडा गरे पनि अधिकारविना केही गर्न नसक्ने तर त्यसको लागि संसदमा आपूm लडिरहेको बताए । संसद सुचारु छ, संविधानमाथि कानून छ । राजनीतिक, आन्तरिक लडाइ“को कारण मुलुकको अवस्था बिग्रिदै गएको उनले बताए । केही दिनमा नै नेपालमा नसुनेको घटना फेरि हुनसक्ने सड्ढेत देखापरेको बताए ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जिसस पर्साका सभापति नेकमहम्मद अन्सारीको सभापतिमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, भूमि व्यवस्था समन्वय समितिका अध्यक्ष विनादेवी शर्मा, नेकपा एमालेका पर्सा अध्यक्ष प्रभु हजरा, माओवादीका पर्सा अध्यक्ष प्रभु यादव, जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, जिसस पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपाने, सदस्य आमोद यादवलगायतले धारणा राखेका थिए । कार्यक्रममा सहभागी १४ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखको बन्दसत्रमा सहभागिता रहेको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0