google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बाल एकताको २९ औ बार्षिक समारोह २०७७ सँचालन
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बाराको कलैयामा प्राईभेट बोर्डिङ्ग स्कुलमा ख्याति प्राप्त गर्न सफल भएको बाल एकता ईङ्गलिश बोर्डिङ स्कुल तथा +2 साईन्स कलेज को २९ औ बार्षिक समारोह २०७७ को प्रमुख अतिथि प्रदेश सभा महम्मद समिरले शिक्षा आजको अपरिहार्य आवश्यकता भएको बताउनुभयो। आजको बदलिँदो परिवेशमा शिक्षा बिना कुनै पनि कामकाज गर्न कठिनाई हुने भएकोले सम्पुर्ण बिधार्थी भाईबहिनिलाई शिक्षा आर्जन गर्न आग्रह पनि प्रदेश सभा सदस्य समिरले गरेका छन। शिक्षाले नै आजको सम्पुर्ण कामकाज गर्न सहज हुने भएको साथै आफ्नो र समाज देशको पहिचान बनाउन सक्ने भएकाले शिक्षामा सबैले जोड दिनुपर्ने आग्रह समेत समिरले गरेकाछन।

सरस्वती माताको फोटोमा अबिर माला अर्पण गरी दिया बालि प्रदेश सभा सदस्य समिरले उदघाटन गरेको कार्यक्रममा बोर्डिङ स्कुलका आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुको साथै बिधार्थी भाई बहिनीहरु नृत्य प्रस्तुत गरेका छन। बिधार्थी भाई बहिनीहरुको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथिमा बाल एकता बोर्डिङ स्कुलका बिधालय ब्यवस्थापन समिती अध्यक्ष भोला साह सोनार , सोहि स्कुलका एमडि सुबोध सराई, सोहि स्कुलका बिधालय ब्यवस्थापन समिती उपाध्यक्ष सँतोष कुमार सराफ, कलैया उपमहानगर पालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख बिजय कुमार अधिकारी, शिक्षक सँघ बाराको अध्यक्ष परमहँश यादव लगायत अबिभावकहरुको उपस्थित रहेको थियो।
कार्यक्रमको सँचालन सोहि स्कुलको नेपालि शिक्षक मनोज शर्माले गरेकाथिए भने स्वागत सोहि स्कुलका प्रिन्सिपल रुपेश कुमार स्वर्णकारले गरेका छन।
सँम्भार:-cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0