सिम्रौनागढ़ सामाजिक संदेश

कोन्हियामा नाला र ढलान सडकको शिलान्यास

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

वीरगञ्ज , फाल्गुन १३ ।

जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबले नाला तथा ढलान सडकको शिलान्यास गर्नुभएको छ ।वीरगञ्ज महानगरपालिका वडा न. ३१ कोन्हियामा निर्माण भइरहेको नाला तथा ढलान सडकको शिलान्यास गर्नुभएको हो । संसदीय कोषको ५०लाख र जनश्रमदान १२लाख गरि ६२ लाख रुपैयाको लागतमा निर्माण हुने ढलान सडक र नाला निर्माण योजनाको एक कार्यक्रमका बिच उहाँले विहिबार शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नाला निर्माणसंगै सडक निर्माण कार्यले गाउँको भौतिक स्वरुपनै परिवर्तन हुने बताउदै आफुले जनताको सेवासंगै विकास निर्माण कार्यलाई मुख्य प्रथामिकता दिएको बताउनु भयो ।उहाले आफ्नो संसदिय क्षेत्रमा रहेका गाउटोलका नाला तथा सडक निर्माणहरुलाई विकास कार्यको प्राथमिकतामा राखेर अगाडि बढको बताउनु भयो ।शिलान्या कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्रको हरेक कुन कुनमा सडक पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सडक निर्माण पश्चात अन्य कुराहरुको विकास स्वयम हुने भएकाले सडक तथा नालाको शिलान्यास गरिएको उहाँले बताउनुभयो । फरक प्रसँगमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य समेत रहनुभएका नेता यादबले प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वाेच्च अदालतले बदर गरेर जनताको पक्षमा ऐतिहासिक फैसला गरेको बताउनु भयो । शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी, जनता समाजवादी पार्टीका जिल्ल्ला सदस्य जितेन्द्र यादव, वडा इकाई अध्यक्ष शुलेमान अंसारी नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको सांसद यादबका स्वकिय सचिब निखिल वर्णवालले जानकारी दिनुभयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.