सिम्रौनागढ़ सामाजिक संदेश

वीरगञ्जमा जसपाको विजयी जुलुश, व्यक्तिको भन्दा पनि विधिको शासन छ भन्ने पुष्ठि

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगञ्ज — प्रतिनिधि सभा विघटनको निर्णय सर्वाेच्च अअदालतले खारेज गरेपछि वीरगञ्जमा जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्साले विजयी जुलुश निकालेको छ । संसद विघटनको विरुद्धमा लगातार विरोध तथा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको जसपा पर्साले यसअघि विज्ञप्ती निकालेर सर्वाेच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गरेको थियो । संसद विघटनलाई प्रतिगामी कदम भन्दै विरोधमा उत्रिएको जसपाले विजयी जुलुश निकालेको हो । वीरगञ्जको घण्टाघरबाट शुरु भएको जुलुश माइस्थान, आदर्शनगर, घडिअर्वा पोखरी हुँदै नगरपरिक्रमा गरी पुनः घण्टाघरमा आइ कोणसभामा परिणत भएको थियो ।

Simraun gadh Covid New -078

जसपा पर्साका अध्यक्ष रामनरेश यादबको सभापतित्वमा भएको कोणसभालाई पर्सा क्षेत्र न. १ का प्रतिििध सभा सदस्य प्रदिप याददब, क्षेत्र न. ४ का लक्ष्मणलाल कर्ण, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शिब पटेल, जगदिश पटेल, प्रदेश सभा सदस्य करिमा बेगम लगायतले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले सर्वाेच्च अदालतले जनताको आवाज सुनेकोमा खुशी व्यक्त गर्दै देशमा व्यक्तिको भन्दा पनि विधिको शासन छ भन्ने कुराको पुष्ठि भएको बताएका थिए ।

संसद पुर्नस्थापना हुनुपर्ने मागसहित वडादेखी केन्द्रसम्म गरिएको तेस्रो चरणका आन्दोलनको प्रतिफलस्वरुप नै आफ्ना मागहरुको सम्बोधन भएको बक्ताहरुको भनाई थियो । विजयी जुलुशमा प्रदेश सभा सदस्य जन्नत अन्सारी, मन्जुर अन्सारी, भिमा यादब, पार्टीकी केन्द्रिय सदस्य मुन्नी श्रीवास्तव, रम्भा मिश्रा, रामचन्द्र पण्डित, वीरगञ्ज महानगरपालिकाका विजय कुमार सरावगी, जिल्ला समन्वय समितिका सभापति नेकमहमद अन्सारी, वीरगञ्ज  महानगर अध्यक्ष ओमप्रकाश सर्राफ  पकाहमैनपुर गाउँपालिका अध्यक्ष बिजय कुमार चौरसिया, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवला, बिन्दवासिनि गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, जसपा पर्साका उपाध्यक्ष बासुदेव यादब, समाजवादी युवाका केन्द्रिय सचिब सरोज यादब, प्रदेश सदस्य मनोज यादब, अजय साह, वीरगञ्ज महानगरपालिकाको न्यायिक समितिका सदस्य तुफैल अख्तर, जसपा स्थानीत तहका अध्यक्षहरु, समाजवादी विद्यार्थी युनियन पर्साका अधयक्ष एजाजबाबु राकी, ठाकुराम इकाई अध्यक्ष हरेन्द्र साह लगायतको उपस्थिती रहेको जसपा पर्साका सचिब तबरेज अहमदले जानकारी दिनुभयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.