google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 ट्रयाक्टर र टेम्पो एक आपसमा जुध्दा ९ जना घाईते

िबकाश कुमार पाणडे // राैटहट // माघ १२ गते

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

 ट्रयाक्टर र टेम्पो एक आपसमा जुध्दा ९ जना घाईते
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
रौतहटमा ट्रयाक्टर र टेम्पो एक आपसमा जुध्दा ९ जना घाईते भएका छन् ।आइतबार राति रौतहटको यमुनामाई गा.पा.५ झुनखुन्वा स्थित गौर चपुर सडक खण्डमा ट्रयाक्टर र टेम्पो एक आपसमा जुध्दा ९ जना घाईते भएको प्रहरीले बताएको छ। झुनखुनवा बाट गौर तर्फ आउदैं गरेको ना.१ ह-५३३६ नं.को टेम्पोलाई विपरित दिशाबाट गईरहेको ना.३ त-४०२७ नं.को ट्रयाक्टरले ठक्कर दिदा टेम्पो र ट्याक्टर रोडको पुर्व पट्टी पल्टिन पुगेको हो। सो दुर्घटनामा परि टेम्पो चालक जिल्लाको राजपुर न.पा.१ वस्ने ३० बर्षीय राम मनोज दास सहित रुपन्देही मायादेवी गा.पा.७ का ३६ बर्षीय राजु यादव , रुपन्देही पुरेणी गा.पा.७ का २४ बर्षीय मुकेशराज भट्ट, मायादेवी गा.पा.६ का २६ बर्षीय उमेश बरै,सोहि ठाउँका २९ बर्षीय गिरीधारी सहनी , कपिलवस्तु शुद्धोधन गा.पा.६ का ५४ बर्षीय शिवनारायण चौहान ,रुपन्देही भैरहवा न.पा.२ का ४५ बर्षीय गंगाराम लोनिया ,सोहि ठाउँका २५ बर्षीय सडानन्द कंहार ,कपिलवस्तु शुद्धोधन गा.पा.२ का १८ बर्षीय बिरेन्द्र बानिया घाइते भएका छन्। उनीहरुको टाउको ,छाति,कम्मर खुट्टामा चोट लागेको छ। घाइतेहरुको जिल्ला सरकारी अस्पताल गौरमा सामान्य उपचार पश्चात ५ जनालाइ थप उपचारको लागि बिरगंज नेशनल मेडिकल कलेज रेफर गरिएको र अन्यको उपचार गौर अस्पतालमा भईरहेको प्रहरीले बताएको छ। ट्रयाक्टर र टेम्पो जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र ट्याक्टर चालक भने फरार भएकोले खोजि कार्य भईरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0