पवन शाह
बिराटनगर / गरिबी को कारणले शिक्षा बाट बन्चित नहोस भनि हमदर्द सामुदायिक सिकाई केन्द्र बिराटनगर १५ ले १ सय ५० जना सामुदायिक विद्यालय र मदर्सा मा पढ्ने बालबालिकाहरुलाई स्कुल ब्याग र कपि बितरण गरेको छ ।
बिराटनगर १५ रामजानकी चौक स्थित श्री जनबिकास उच्च माध्यमिक विद्यालयमा आज बिहान बिराटनगर १५ का वडा अध्यक्ष असलम आलमको प्रमुख आतिथ्यमा हमदर्द सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको स्कुल ब्याग बितरण कार्यक्रममा दुई सामुदायिक विद्यालय र दुई मदर्सा मा कक्षा १ मा पढ्ने एकसय पचास जना बालबालिकाहरुलाई एक थान ब्याग र पाच थान कपि को दरले बितरण गरेको हो । हमदर्द सामुदायिक सिकाई केन्द्र को अध्यक्ष मो. जहागिर का अनुसार २०७१ सालमा स्थापना भएको यस हमदर्द सामुदायिक सिकाई केन्द्रले जहिले पनि बालबालिकाहरुलाई केहि सिक्न र सिकाउनको लागी शिक्षा तर्फ़ आकर्षित गर्ने र पढ्ने बानी बसाउने कार्यमा लागी परेको बताए । जहागिर का अनुसार कोही विद्यार्थी कपि कलम नभएको अवस्था नरहोस र आफ़्ना संस्था हमदर्द कै माध्यम बाट बालबालिकाहरुको शिक्षामा राहत दिने काम गर्ने बताउनुभयो ।
त्यही कार्यक्रमका प्रमुख अतिथि बिराटनगर १५ का वडा अध्यक्ष असलम आलमका अनुसार धन ले मात्र सम्पन्नतामा पहुच नपुग्नुलाई गरिब भनिदैन सबै भन्दा ठुलो गरिबी अशिक्षा हो । आजको जमानामा पनि गरिब भएकै कारणले पढ्न सकिन छोरा छोरीलाई पढाउन सकिन भनि कसैलाई सुनाउनुपर्यो, जिवनमा दुख: पाउनुपर्यो भन्यो भने त्यो पनि अशिक्षाकै अर्को रुप हो किनभने शिक्षित मान्छेले धन आर्जन भन्दापनी आफ़्नो शिप र दक्षतालाई बाच्ने आधार बनाएर दिनचर्या चलाउन सक्छ । सामुदायिक विद्यालय पढ्ने विद्यार्थीहरु पनि कडा मिहनत र लगनसिलतालाई निखार्दै धेरै ठाउमा उच्च ओहोदा र महत्वपुर्ण ठाउहरुमा बसेर कार्य पनि गरिरहेका छन । आवश्यकता त यतिमात्र छ कोही विद्यार्थीमा भएको दक्षता र लगनसिलतालाई कसरी मुल्यांकन गर्ने ? यो मुल्यांकन गर्न गरिबीको बाहाना बाट निकालेर शिक्षा को उज्यालो तर्फ़ थोरै मात्र बाटो देखाएर मार्गदर्शन गर्दिनेहो भने हाम्रो घर, गाउ, समाज हुदाहुदै देशै शिक्षित हुन्छ । र आफ़ुपनि शिक्षक भएरै समाजमा परिवर्तन ल्याउन आफ़्नै वडा बाट सुरुवात गरेको र राजनिति संग संगै शिक्षण पेशालाई पनि प्राथमिकतासाथ अघि बढ्ने बताउनुभयो ।