सिम्रौनागढ़ सामाजिक संदेश

नेपाल वैश्य युवा संघ मोरङको महानगर कमिटी गठन

नेपाल वैश्य युवा संघ मोरङको महानगर कमिटी गठन

Pacharauta covid new -078
Holi Suvarn 078

बिराटनगर / बिराटनगर महानगर पालिकाको १९ वटा बाट प्रतिनिधित्व गरि आउनु भएका सम्पुर्ण वैश्य समुदायहरु लगायतको उपस्थितिमा नेपाल वैश्य युवा संघ बिराटनगर महानगरपालिका समिति गठन भएको छ ।

शनिबार बिराटनगर ११ स्थित रौनियार सेवा समाज समितिमा आयोजना गरिएको नेपाल वैश्य युवा संघ मोरङ अध्यक्ष श्री गणेश कुमार शाहको अध्यक्षतामा भेला भैइ साथै प्रमुख आथिती रौनियार सेवा समाजका पुर्व अध्यक्ष तथा नेपाल वैश्य युवा संघका सल्लाहकार सियाराम रौनियार, आथितीहरुमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य तथा सल्लाहकार राजेश गुप्ता , पुर्व अध्यक्ष कन्हैया लाल साह , सल्लाहकार कामेश्वर रौनियार, पवन कुमार साह, तथा बिराटनगर १ नम्बर वडाका वार्ड सदस्य रमेश साह, तेलि कल्याण समाजका जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद साह, सचिव अजय कुमार साह, सोनार समाजका सचिव नारायण स्वर्णकार, लियो क्लब अध्यक्ष रन्जित भगत, वैश्य युवा व्यापारि तथा समाजसेवी गनपत नौलखा,भोला साह, श्यामबाबु शाह , लायन्स क्लबका सुपरिटेन्डेन्ट कैलाश साह तथा बिराटनगर महानगरपालिका सबै वडाहरु बाट प्रतिनिधित्व गरि आउनु भएका सम्पुर्ण वैश्य समुदायहरु लगायतको उपस्थितिमा नेपाल वैश्य युवा संघ बिराटनगर महानगरपालिका समिति गठन गरेको हो । नेपाल वैश्य युवा संघ बिराटनगर महानगरपालिका कमिटीमा सल्लाहकार रमेश शाह,कैलाश साह, अध्यक्ष नारायण स्वर्णकार, प्रथम उपाध्यक्ष रन्जित भगत, दोस्रो उपाध्यक्ष दशरथ शाह, सचिव गजराज शाह, सह सचीव प्रीयाराज साह, कोषाध्यक्ष मनिष रौनियार रहेका छनभने सदस्यहरुमा अङ्गत ठाकुर, सोनि देव, करण केशरी, श्यामबाबु साह, सीता साह, मन्जु साह, कलावती साह, सकुन्तला साह,राकेश शर्मा प्रीतम साह, सुनिल साह लगायत १७ जनाको मुल कमिटी साथै दुई जना सल्लाहकार गठन भएको छ।

Simraun gadh Covid New -078

समाजलाई अझै सक्रिय पार्न जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउदै राजेश गुप्ता तथा सियाराम रौनियार ले समाजलाइ म बाट हुने सहयोग हमेशा गरि रहन्छु भनेर प्रतिबद्धता जाहेर गर्नु भएको थियो । साथै २०७८ को जनगणनाको बारेमा आफ्नो जाती र भाषा अनिवार्य लेखाउनको लागि २०७८ को जनगणनाको अभियानता तुलसी शाहले प्रष्ट पार्दै यसको महत्त्वको बारेमा जानकारी गराउनु भएको थियो।

सन्तोष शाहले संचालन गरेको उक्त कार्यक्रममा शुभकामना मन्तव्य नरेन्द्र प्रसाद साह, रन्जित भगत, कामेश्वर रौनियार, कन्हैयालाल साह, रमेश साह, प्रेमराज गुप्ता, अमृतकुमार साह, दिपेन्द्र स्वर्णकार लगायतले दिनु भएको थियो ।अन्त्यमा समितिको अग्रिम सफलता तथा कार्यकाल बधाई तथा शुभकामना सहित वैश्य समुदायको बारेमा प्रष्ट पार्दै कार्यक्रमका अध्यक्ष गणेश कुमार शाहले बिर्जन सहित कार्यक्रम समापन गर्नु भएको थियोे ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.