पवन शाह
बिराटनगर / नेपाली कांग्रेस मोरङ्ग का लोकप्रिय नेता तथा समाजसेवी राजेश गुप्ता लाई बि.पि. कोईराला स्कुल अफ़ पब्लिक पोलिसी ले सल्लाहाकार पदमा मनोनित गरेको छ ।
बि.पि. कोईराला स्कुल अफ़ पब्लिक पोलिसी संस्थाको बिधान २०७३ अनुसार सधै समाज सेवामा अग्रपन्तिमा रहेर काम गर्ने बिराटनगर १५ निवासी नेपाली कांग्रेस जिल्ला सदस्य तथा तराई मधेश संगठन बिभाग को केन्द्रीय सदस्य र मोरङ्ग क्षेत्र नं. ५ बाट प्रदेश सभाको उप बिजेता समेत रहनुभएका नेता राजेश गुप्तालाई प्रदेश नम्बर १ का सल्लाहाकार जस्तो पदमा मनोनित गरी जिम्मेवारी दीइएको हो ।
बि.पि. कोईरालाका आधारभुत मान्यतालाई आम युवा माझ लोकप्रिय बनाउन र प्रदेशका युवाहरुको क्षमता विकास, खुल्ला समाज मानव अधिकार, लोकतांत्रिक मुल्य र मान्यता आदिलाई सामाजिक रुपमा ब्यापक बनाउन जिम्मेवारी सहित सल्लाहकार पदमा मनोनित गरिएको हो ।