एम.ज्ञवाली
बिराटनगर / बिगत वर्षहरु देखीनै राजसंस्था को पक्षमा खरो रुपमा प्रस्तुत भएका राजावादीहरु आन्दोलित बनेका हुन ।
नेपालमा राजसंस्था को पुनर्स्थापना, हिन्दु राज्य कायम गर्न भनि जन दवाव सिर्जना गर्ने उधेश्यले रास्ट्रियवादी एकता महा अभियान पुर्वाञ्चल कमिटि गठन गरि सबै लाई रास्ट्रिय झण्डा मुनि आबद्ध हुन आह्वान गरेको छ । उक्त अभियानले पौष २७ गते पृथ्वी जयन्ती मनाउदै त्यसलाई आन्दोलनकै रुपमा लाने निर्णय समेत उक्त अभियानको एक भेलाले गरेको छ । पृथ्वी जयन्ती मनाउन बिश्व बिराटेश्वरी वैष्णवी धाम बिराटनगरका पिठाधिष आनन्द जि महाराजको संयोजक्त्वमा १०१ मुल समारोह समिति गठन पनि गरिसकेकै हो । उक्त मुल समारोह को उपाध्यक्षमा शोभादेवी साह , सचिवमा यज्ञ पराजुली सह सचिव पवन शाह र कोषाध्यक्षमा राजेश कुमार भगत रहनुभएको छ ।
 
						 
							 
			 
			 
			