सिम्रौनागढ़ सामाजिक संदेश

७२औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सिम्रौनगढमा

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

सबिर आलम, बारा

आज राष्ट्रिय मानव अधिकार आयोग प्रदेश न. २ कार्यालय जनकपुरधामको आयोजनामा महामारीमा मानव अधिकार ,स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार नाराको साथ अन्तरक्रिया कार्यक्रम गरी ७२औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सिम्रौनगढमा मनाईएको छ। राष्ट्रिय मानव अधिकार आयोग प्रदेश न.२का अध्यक्ष ज्योति घिमिरेको अध्यक्षता तथा प्रमुख अतिथि सिम्रौनगढ नगरपालिकाका प्रमुख बिजय शकर यादवको आतिथ्यमा सो कार्यक्रम गरिएको छ।

उक्त मानव अधिकार अन्तरक्रिया कार्यक्रममा विधार्थी सघर्श समिति प्रदेश न.२का उपाध्यक्ष सन्नी गुप्तले भने मानव अधिकारको आवश्यकता मात्र शहरमा नभई गाउँ ,गाउँ आवश्यक रहेको जिकिर गर्नु भयो साथै निर्मालापन्तको न्यायमा समेत मानव अधिकार आयोगले के गर्यो? र किन? निर्मलापन्तलेअहिले सम्म न्याय पाएन जस्ता प्रश्नहरु गरेका थिए ।र वहाको प्रश्नको जवाफ राष्ट्रिय मानव अधिकार आयोग प्रदेश न.२का अध्यक्ष ज्योति घिमिरे ज्युले दिनु भएको थियोे।

त्यस्तै वरिष्ठ पत्रकार रामेश्वर मेहताले भने गाउँ मा सबै भन्दा बढी मानव अधिकारको हनन हुन्छ,गाउँ घरमा रहेका धेरै व्यक्तिहरुले आफ्नो घरमा रहेका व्यक्तिहरुलाई चुनावमा भोट हाल्नबाट बन्चित गर्छ त्यो पनि एक प्रकारको मानव अधिकार को हनन नै हो।प्रहरीले बिना कारण कुनै व्यक्तिलाई कुटपिट गर्नु पनि मानव अधिकारको हनन हो भने कुराको अवगत गराउनु भएको थियो। प्रमुख अतिथि विजय शकर यादव भने नेपाल वर्तमान समयमा कोरोना भाईरसबाट गुजरिरहेको छ,हाम्रो देशमा धेरै गरीब नागरिकहरु छ्न र विदेशमा छ्न ,विदेशमा हुदाहुदै पनि धेरै मान्छे गएर फर्केका छ्न भने धेरै मान्छेहरु त्यही छ्न र यो कोभिड19को बेला विदेशमा काम चलेन ,पैसा कमाउन सकेन त्यस कारण नेपाल सरकारले प्रत्येक नागरिकको अधिकार अनुरुप ख्याल गर्नु र हाम्रो देशमा त्यसको पाल्ना कतिको भई रहेको छ।

त्यसको निगरानी गर्नु सरकारको दायित्व रहेको र यो राज्यले पुर्ती गरिरहेको छ कि छैन भने मानव अधिकारले काम गरेर सहयोग गर्नु पर्छ भने धारणा राखेका थिए । उक्त कार्यक्रममा विशिस्ट अतिथि सिम्रौनगढ नगरपालिकाका उप- प्रमुख रिमा देवी कुश्वाहा,अतिथि सिम्रौनगढ नगरपालिका का सम्पुर्ण वडा अध्यक्षहरु,दोलखा जिल्ला अदालतका उप- सचीव सुमन प्रसाद कुशवाहा,सस्त्र प्रहरी गोलागन्जका प्रमुख विशनु श्रेष्ठ ,सस्त्र प्रहरी बल पिपरपातीका प्रमुख कृष्ण आल ,ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुबेदी,पशु सेवा सिम्रौनगढका प्रमुख अनसारुलहक अन्सारी , लगाएतकाहरुको उपस्थिति रहेको थियो।र कार्यक्रममा मानव अधिकार सम्बन्धि कार्यपत्र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि कृष्ण मिश्र र रन्जित कुश्वाहाले गरेका थिए भने उदघोषन सन्दीप कुमारले गरेका थिए ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.