सिम्रौनागढ़ सामाजिक संदेश

ठुलो परिमाणमा सेतो मटर सहित ट्रयाकटर सशस्त्र प्रहरी द्वारा भन्सार दाखिला

ठुलो परिमाणमा सेतो मटर सहित ट्रयाकटर सशस्त्र प्रहरी द्वारा भन्सार दाखिला

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / नेपाल बाट अवैध रुपमा भारत तर्फ़ लादै गरेको अवस्थामा ठुलो परिमाणमा सेतो मटर सशस्त्र प्रहरीले ट्रयाक्टर सहित नियन्त्रणमा लिएर भन्सार दाखिला गरेका छन ।

Simraun gadh Covid New -078

नेपाल बाट भारत तर्फ़ ठुलो परिमाणमा मटर तसकरी भैइ जादै छ भन्ने गोप्य सूचना को आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कँकालिनी मोरङ्ग बाट सादा पोसाकमा सशस्त्र प्रहरी निरीक्षक को नेतृत्वमा निस्केको टोलिले मोरङ्गको रंगेली नगरपालिका ६ भन्सार टोलको बाटो हुदै मे १ त २५५ नम्बरको ट्रयाकटरमा लगिरहेको १५३ बोरा सेतो मटर पक्राउ गरी नियन्त्रणमा लिएका हुन ।

पक्राउ गरिएको सेतो मटर ट्रयाकटर सहित आवश्यक कार्यवाही प्रक्रियाको लागी बिराटनगर भन्सार कार्यालय रानिमा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक तीर्थ पैडेलले बताउनुभयो । उक्त सामानको भन्सार मुल्य ३ लाख ६० हजार रुपैया भएको र ट्रयाकटर को अन्दाजी मुल्य ६ लाख रुपैया गरी जम्मा भन्सार मुल्य रु ९ लाख ६० हजार रुपैया मुल्यांकन गरिएको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.