सिम्रौनागढ़ सामाजिक संदेश

डम्पिङ्ग साईड बन्दै बिराटनगरको १६ नं. वडा (फोटो फिचर सहित)

डम्पिङ्ग साईड बन्दै बिराटनगरको १६ नं. वडा

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / बिराटनगर महानगर पालिका को १६ नम्बर वडा डम्पिङ्ग साईड मा परिनत हुदै गैइरहेको छ ।

Simraun gadh Covid New -078

महानगर को १६ नम्बरमा पर्ने हुलास चौक देखी एतिहासिक बिराटनगर जुट गेठ हुदै भट्टीमोड सम्म लामो समय देखी सडक, पेटी, नालाको सरसफ़ाई नभएको कारणले डम्पिङ्ग साईडमा परिनत हुन लागेको हो । जोगबनी देखी बिराटनगर सम्म पुरानो बाटोको नामले चिनिने दुवै तर्फ़ घना बस्ती भएको अत्यन्तै ब्यस्त जुट्मिल गेठ अगाडी को बाटोको पुर्व तर्फ़ बिराटनगर १५ र पस्चिम तर्फ़ बिराटनगर १६ नम्बर वडा छुट्याउने उक्त बाटोमा बिराटनगर १५ नम्बर वडा का वडा अध्यक्ष असलम आलमले आफ़्नो वडामा नियमित सरसफ़ाई कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन भने त्यही १६ नम्बर वडामा वडा अध्यक्षको तर्फ़ बाट सरसफ़ाईमा कुनैपनि चासो नदिनेगरेको स्थानियहरुको गुनासो रहेको छ । उक्त वडामा पर्ने मन्दिर, घर तथा व्यापारिक स्थलहरुको अवस्था सरसफ़ाईकै कारण पनि नाजुक बन्दै गयीरहेको यहाका स्थानियहरु बताउछन ।

लामो समय देखी १६ नम्बर तर्फ़को नाला समेत पुरिएर बर्खाको बेलामा बारमबार पानि जम्ने समस्या हुनेगरेको भएपनि यस तर्फ़ पनि जनप्रतिनिधिहरुले कहिले ध्यान दिएन । यस वर्ष कोरोना महामारीको कारणले लक डाउन भए देखी आज सम्म यी ठाउमा चहल पहल निकै कम हुदा पनि यस्ता थन्किएर रहेका जनगुनासो सहितको विषयलाई वडा अध्यक्ष मनोज सुब्बाले नजर अन्दाज गर्दैआईरहेको स्थानियहरुको आरोप रहेको छ । केही स्थानियहरुले भने रोडको पुनर्निर्माण पनि जुन थन्किएर रहेको छ त्यो हुनुपर्ने भन्छन भने केहीको भनाई अनुसार अहिले सम्ममा धेरै पटक वडामा गुनासो गर्दा पनि यस तर्फ़ सम्बन्धीत निकायले ध्यान नदिनेगरेको बताउछन । उक्त ठाउमा एउटा डस्ट्बिन समेत नभएको हुनाले यस विषयमा बिराटनगर १६ का वडा अध्यक्ष मनोज सुब्बा संग जीज्ञासा राख्न खोज्दा उक्त सडकनै बिवादित रहेको हुनाले आफ़ुके केही नगरेको र सरसफ़ाईको ठेक्का बेस्ट मेनेजमेन्ट प्राली लाई दिएको हुनाले कसैले शुल्क तिर्न नचाहदाको अवस्थामा फ़ोहोरहरु थन्किएको भनेर छोटो प्रतिक्रिया दिनुभयो ।

जग्गा बिवाद या अन्य केही समस्या भएपनि सरसफ़ाई जस्तो कार्यको लागी को जिम्मेवार हुने र यो कस्को दाईत्व हो बुझ्ने सम्बन्धित निकायको ध्यान जाओस ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.