

पवन शाह
विराटनगर / चोरी तस्करीगरी भारत बाट अवैध रुपमा भन्सार छली नेपल ल्याएको १ लाख भन्दा बढी मुल्य बरावरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीको टोलीले गस्ति गर्ने क्रममा बिराटनगर १४ जतुवा बाट भारतको जोगवनी बजारदेखि नेपाल भित्राएको तस्करीको कपडा बरामद गरेका हुन । बरामद गरिएको उक्त लता-कपडाहरुमा २ सय ७० थान टपसेट र १४ थान कुर्ता सुरूवाल रहेको सशस्त्र प्रहरी ले बताएकाछन । बरामद गरिएको कपडाहरु आईतवार भन्सार दाखिला गर्दा भन्सार मुल्यांकन १ लाख १ हजार ५ सय भएको हो ।
कोरोना महामारीको कारणले सशस्त्र प्रहरी बलको टोलि २०७६ चैत ११ गते बाट नेपालमा लकडाउन सुरु भएदेखी खुला सीमा क्षेत्रमा २४ घन्टा घाम पानी नभनी कडाईका साथ खटिएको र नाका सिला रह्दा पनि सस्तोको लोभमा स्थानियहरु अवैध रुपमा नेपाल भारत आवत जावत गर्ने क्रियाकलापलाई आफ़्नो जनशक्तिले भयाएसम्म सक्दो कडाई गरी रोक्ने प्रयास गर्दै दशै तिहारको मुखमा अहिले सिमावर्ति एरियाहरुबाट तस्करी भई बिस्फ़ोट्क प्रदार्थ पटकाहरु विभिन्न नाकाहरु बाट नेपाल भित्रिरहेको सामाचारहरु सार्वजनिक भईरहेको बेला तथा तसकरहरुलाई निरूत्साहित गर्न बेला बेलामा सशस्त्र प्रहरी बल बिओपि रानीको टोलीले अहोरात्र अफ़्नो टोलीलाई तयारी अवस्थामा राखी अभियान चलाएको बिओपि रानी प्रमुख सप्रनि मौसम पोखरेलले बताउनु भयो ।