तिन महिना बितिसक्दा पनि गाँउसभा नहुदा कामकाज गर्न कठिनाई
अनिल पाण्डेय
कलैया बारा
नेपालमा स्थानिय तहले आउँदो आर्थिक बर्षको निति तथा कार्यक्रम असार १० गते नै प्रस्तुत गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ। सबै स्थानिय तहले लछार पछार गरी असाढ १० गते सम्म निति तथा कार्यक्रम गरेरै देखाउछन। त्यसपछि बिस्तारै बजेट बाडफाँड गरी नगरसभा वा गाँउ सभा गर्छन।
बारामा पनि १३ वटा स्थानिय तहले पनि असार १० मै निति तथा कार्यक्रम प्रस्तुत गरी सकेका छन। तीन वटा स्थानिय तह साउन महिनामा अाफ्नो बजेट तथा नीति कार्यक्रम सम्पन गरेका छन ।
बाराको फेटा गाँउपालिकाले आषाढको १० गते निति तथा कार्यक्रम पारित गरिसकेपनि हालसम्म गाँउसभा गर्न नसकेकोले गाँउपालिका कार्यालय सँचालन गर्न कठिनाई भईरहेको छ। गाँउपालिकाको बैंकमा खाता सँचालन न भएर आर्थिक कारोबार देखि कर्मचारीहरुको तलब पनि खान पाएका छैनन। गाडिहरुमा ईन्धन समेत पेट्रोलपम्पले दिन मानेका छैनन। स्थानिय तह आफैमा सरकार भएता पनि अहिले राजनितिक अखडा बनेको छ। प्रशासनिक सम्पुर्ण कार्य सम्पन्न भईसकेपनि राजनितिक दाउ पेचले गर्दा अहिले सम्म गाँउसभा सम्पन्न हुन नसकेको फेटा गाँउपालिका को प्रमुख कार्यकारी अधिक्रित प्राण मेहताले जानकारी गराउनुभयो।
गाँउपालिकाको वडा अध्यक्षहरुसँग भागबन्डा नमिलेको र वडा सदस्यहरुलाई वडा अध्यक्षले वास्ता नगरेको हुनाले अहिले सम्म गाँउसभा हुन नसकेको हो। तर अब सबै कुरा मिलिसकेको हुनाले अब चाडै नै गाँउसभा हुने कुरा गाँउपालिका अध्यक्ष अमिरीलाल साहले फोन मार्फत जानकारी गराउनुभयो।
गाँउसभा नभएकोले कुनै पनि कामले गाँउपालिका कार्यालयमा जादा अहिले गाँउसभा नभएकोले पछि गाँउसभा भईसकेपछि आउनु भनि बहाना बनाउनेले स्थानियहरु सास्ति खेप्नु परेको स्थानियहरु गुनासो पोखेका छन।
सँम्भार:-cinnepal.com