Author: धनि राम कोरी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

राेल्पा काे त्रिवेणी गाउँपालिका मा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रतिज्ञा मगर
राेल्पा , ९ माघ
त्रिवेणी गाउँपालिका राेल्पाकाे अायाेजना र मुख्यमन्त्री ग्रामीण विकास तथा राेजगार कार्यक्रमकाे अार्थिक सहयाेगमा यस त्रिवेणी गाउँपालिका राेल्पामा अाज देखि ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम अाज बाट शुरु भएकाे छ।

त्रिवेणी गाउपालिका भित्र का युवायुवतिहरुकाे जीवनस्तरमा सुधार गरि राेजगारी ,स्वराेजगारी तथा अाय अार्जनका त्रियाकलापहरुमा जाेड दिने उद्देश्यले सन्चालन गरिएकाे तालिममा पत्रकारीता तालिमकाे लागि नेपाल पत्रकार महाँसघ राेल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी र नेपाल पत्रकार महाँसघ राेल्पाका पुर्व उपाध्यक्ष हिरा बहादुर घर्तीले दिनु हुनेछ भने कम्प्युटर सम्बन्धि सिकाई न्युयरा कम्प्युटर ईन्स्टिच्युट र ड्राईभिङ सम्बन्धि सिकाई त्रिवेणी ड्राईभिङ ईन्स्टिच्युट प्रा.लि त्रिवेणी ५ राेल्पाले दिने छ ।

अाजबाट शुरु गरिएकाे अाधारभुत पत्रकारीता तालिम ३ दिन सम्म चल्नेछ भने ड्राईभिङ तालिम १ महिना सम्म दिईने छ भने बेसिक कम्प्युटर तालिम ३ महिना सम्म सन्चालन गरिने गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले बताउँनु भयाे । त्यस्तै कार्यक्रममा पत्रकारीता तालिममा १२ जनाकाे सहभागिता रहेकाेछ भने ड्राईभिङ तालिममा ४० जना ,कम्प्युटरमा २५ जनाकाे सहभागीता गरि जम्मा ७७ जनाकाे सहभागीता रहेकाे छ ।

गाउँपालिका अध्यक्ष शान्त कुमार वलीकाे अध्यक्ष्ाता र प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीकाे प्रमुख अाथित्यतामा उदघाटन गरिएकाे तालिममा नेपाल पत्रकार महाँसघ राेल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी ,नेपाल पत्रकार महाँसघ राेल्पाकाे पुर्व उपाध्यक्ष हिरा बहादुर घर्ती , लगाएतकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रमकाे सन्चालन गाउँपालिका नर बहादुर बाँठाले गर्नु भएकाे थियाे स्वागत मन्तब्य मुख्यमन्त्री ग्रामीण बिकास तथा राेजगार कार्यक्रमका सहजकर्ता ऋषिकेश डाँगीले गर्नु भएकाे थियाे।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पूर्ण सावधानी अपनाउदै परीक्षा संचालन

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कृष्णनगर/कपिलवस्तु , पुस २२

कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरमा पुस २२ गते मंगलवार देखि विद्यार्थी हरुको अर्धवार्षिक परीक्षा शुरु गरेका छन। यो परिक्षामा लगभग ८०० विद्यार्थी हरु को सहभागिता रहेको छ परिक्षा दुई चरणमा भइ रहेको छ बिहाना ८:३०बजे देखि १०:३०बजे सम्म पहिलो चरण र १:३०बजे देखि ३:३०बजे सम्मा दोस्रो चरणको परिक्षा हुदै छ र परिक्षा संचालन गर्दा कोभिड १९ (कोरोना भाइरस) बाट विद्यार्थी,शिक्षकहरु लाई बचाउनको निम्ति पूर्ण सावधानी अपनाउदै समाजिक दूरी कायम गरि अनिवार्य रुपमा माक्स, सेनिटाइजर को प्रयोग गरि मात्रै परिक्षा हालमा आउन दिएका कुरा जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका प्रवक्ता मौलाना मसहूद खां नेपाली ले बताएका छन।

जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समिम अहमद नदवीको भनाईनुसार कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा कर्मचारी सबैलाई बचाउनाको लागि समग्र समुदायका जनताको स्वास्थ्यप्रति ख्याल गर्दै कलेज बन्द गरिएको थियो ।र नेपाल सरकारले जारी गरेको निर्देशिकको पालन गरि मंसिर ६ गते देखि पुनः कक्षा संचालन गरेका थिए र कालेज बन्द भएको समयमा हामी बैकल्पिक शिक्षा आनलाईन शिक्षा प्रणाली द्वारा विद्यार्थी हरु पढाउदै थियौ आनलाईन माध्यम बाट विद्यार्थी हरु लाई पढ़ाउने काम हाम्रा कालेजका शिक्षक हरु निरन्तर गरेका कारण ले मात्रै आज हामी परिक्षा शुरु गर्नामा सफल भएका छौं शिक्षकहरु ले गरेको मेहनत र काम प्रशंसनीय योग्य रहेको बताएका थिए।

मंगलवार बिहाना ९:३० बजे को समयमा कृष्णानगर नगरपालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थी, कालेज का अध्यक्ष समिम अहमद नदवी, प्रवक्ता मौलाना मसहूद खां नेपाली, नेपालपत्र न्यूज डट कम का संवाददाता शहबाज खान, लगायत का टोली ले परिक्षा हालमा पुगि स्थलगत परिक्षा व्यवस्थापन बारे बुझेका छन।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

गजल

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

✍️ बबिता भुजेल
उपहारमा पठाईरहनु सल फेरी फेरी
थापि रहुँला मायाको आँचल फेरी फेरी

जीन्दगी जस्तो जीन्दगी कहिल्यै लागेन
लाग्दैछ घाम फेरी फेरी,बादल फेरी फेरी

एकचोटि पागल बने बस पागल बनी सकें
तिम्रो लागी बन्दिन म पागल फेरी फेरी

यहि एउटा पलमा आउ अंकमाल गरौं
आउँछ कि आउँदैन यो पल फेरी फेरी

गजलका हरेक शेरमा ‘तिमी’लेखीदिन्छु
लेखिन्छ कि लेखीन्न ग़ज़ल फेरी फेरी

लेखक – बबिता भुजेल
ऐसेलुखर्क गाउपालिकम , खोटाङ
हाल- बिराटनगर मोरङ

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अाइ. एन. एफ नेपाल द्वारा गरिब महिलाहरुलाई जीविकाे पार्जन गर्न काे लागि बाख्रा वितरण

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

धनी राम काेरी
कपिलवस्तु , ७ पुष
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र का केही वडाहरु काे गरिब महिलाहरुलाई जिवीकाे पार्जन मा सहयोग काे लागि अाइ. एन. एफ नेपाल बाख्रा अनुदान मा वितरण गरिएको छ ।

नगरपालिका काे वडा न ं ४, ७,८ र ९ भित्र रहेको स्वालम्वन समूह का गरिब सदस्य महिलाहरुलाई जिविकाे पार्जन मा सहयोग काे लागि अनुदान मा ३६ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको अाइ. एन. एफ नेपाल महाराजगन्ज शाखा का प्रमुख मिना महताे
जानकारी दिनु भयाे ।

महाराजगन्ज नगरपालिका का वडा कार्यालय काे अयाेजना र अाइ. एन. एफ नेपाल काे अार्थिक सहयोग मा बाख्रा वितरण गरिएको छ ।

अाइ. एन. एफ नेपाल ले महिलाहरुलाई अत्म निर्भर बनाउने , महिलाहरु माथि हिंसा , दुरव्यहार , अत्याचार जस्ता घटना बाट बच्ना काे लागि सचेत गर्ने काम गरि रहेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

१६ दिवसिय अभियान अन्तरगत सम्मान कार्यक्रम सम्पन्न

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

१६ दिवसिय अभियान अन्तरगत सम्मान कार्यक्रम सम्पन्न

बिन्दबासीनी हरिजन
कपिलवस्तुकाे यसोधरा गाउं पालिकाको कार्यालय र दलित सामाजिक बिकास केन्द्र लगायत बिभिन्न गैससहरुको सहभागितामा १६ दिवसिय अभियानको समापन कार्यक्रम अन्तरगत ¥याली,अन्तरक्रिया तथा सम्मान कार्यक्रम यशोधरा पालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेको अध्यक्षतामा र वरिष्ट अधिवक्ता सुधाकर पाण्डेको प्रमुख अतिथ्यिमा कार्यक्रम सम्पन्न भएको छ ।

त्यसै गरी बिशिष्ट अतिथिमा गाउं पालिका उपाध्यक्ष कन्यावती उपाध्याय,अतिथ्यिहरुरेश्म राज शर्मा,कृष्ण कुमार पाण्डेय,दलित सामाजिक बिकास केन्द्रका सचिव मन्टु कोरी र प्रहरीे प्रतिनिधि देबी थारु, वडा अध्यक्ष सरिता त्रिपाठी र अब्दुल रसिद लगायत ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम वारे जानकारी दलित सामाजिक बिकास केन्द्रको परियोजना अधिकृत रामकुमार महराले गर्नु भएको र कार्यक्रम संचालन महिला तथा बालबालिका शाखा प्रमुख अजिज खानले गर्नु भएको थियो । यस कार्यक्रममा यशोधरा गाउँ पालिकाका वडा नं. ४ सेमरीका अनिता पासी (बुहारी) विगत४ वर्ष देखि पढाई छोडेको त्यस्तै गरी सोही गाउँका १ देखि ३ साल सम्म पढाई छोडेको सम्झना पासी,बन्दना पासी र पुजा पासीले पुनः विद्यालय भर्ना भएको कारणले पालिकाले सम्मान गरिएको छ । हाम्रो पहुँच परियोजना द्धारा संचालित आनिस, समुदायिक सहजकर्ता र कार्यक्रम अधिकृतको पहलमा अनिता पासीलाई कक्षा ९, सम्झना पासी र बन्दना पासीलाई कक्षा ११ तथा पूजा पासीलाई कक्षा १० मा श्री अनिरुद्ध पाब्लिक उच्च मा.वि.बैदौलीमा पुनः भर्ना भए र बुहारी भएर पनि विद्यालय गई रहेको कारणले पालिका र संस्थाले सम्मान गरिएको छ ।

प्रहरी चौकीमा महिलाहरुलाई बिभिन्न घटना तथा हिंसा घटदा सहयोग गर्दै आएको मर्यादपुर प्रहारी चोकीका महिला प्रहरी देबी थारुलाई सम्मान गरी वहाको हौसला तथा कार्यगर्ने उत्प्रेरणा रहि रहोस भन्ने उद्देश्यले सम्पन्न गरिएको छ ।

मन्तब्यको क्रममा दलित सामाजिक विकास केन्द्रका सचिव मन्टुले यस गा.पा.को सवै गाउँ टोलमा गरिब, विपन्न, महिला, अपाडंगता भएका ब्यक्तिहरुको सशक्तिकरण गर्ने तथा हक अधिकारका लागी पैरवी गर्दै आईरहेका छौ जिल्ला सवै अधिकाँश स्थानमा विभिन्न तरिका बाट १६ दिवसिय कार्यक्रम संस्थाको मध्य बाट मनाई रहेको छौ ।

त्यसै गरी १६ दिने अभियान कार्यक्रम अन्तरगत बालबालिका र महिलाको सक्रिय सहभागितामायी किशोरी र महिलाहरुलाई सम्मान गरेको कार्यक्रम धेरै नै सहनिय रहेको कृष्ण कुमार पाण्डेयले भन्नु भयो ।

महिलाहरुको बिभिन्न तहमा समानुपातिक रुपमा सहभागिता हुनु पर्छ लैगिंक हिंसा, महिला हिंसा गर्न पाईदैन र यस कार्यक्रमलाई सफल होस शुभाकामना बरिष्ट अधिवक्ता सुधाकर पाण्डेयले दिनु भएको थियो ।त्यसै गरी गाउँ पालिका अध्यक्ष गिरजेश कुमार पाण्डेले आफनो मन्तब्य राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0