google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

वीरगञ्ज – लोकतान्त्रिक बाम गठबन्धनबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) मा माओबादी केन्द्रका प्रदेशसभा सदस्य पदका उम्मेदवार रहबर अंसारीको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेडामा भव्य स्वागत गरिएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बुधबार घरदैलो कार्यक्रमका लागि टेडा पुगेका अंसारीलाई स्थानीयहरुले फुलमाला लगाएर स्वागत गरेका हुन् । स्थानीयहरुले अंसारीलाई जित सुनिस्चित भएको बताउँदै फुलमाला लगाएर विजयी टिका समेत लगाएका छन् ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

यस क्षेत्रबाट यसअघि निर्वाचित भएर गएका प्रदेशसभा सदस्यले क्षेत्र र जनताका लागि केहिपनि नगरेको आरोप लगाउँदै विकल्पका रुपमा अंसारीलाई चुनेको स्थानीयहरुले बताए ।

अंसारीले पनि आफू जनताको हकहितका लागि काम गर्ने बताउँदै आफूलाई निर्वाचित गराएर पठाउन आग्रह गरे । उनले पर्सा जिल्लाको समग्र विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेकोले यसपालि लोकतन्त्रको पक्षमा मतदान गर्न आग्रह गरे ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0