सिम्रौनागढ़ सामाजिक संदेश

मतदाताको स्वस्फूर्त अभियान, ‘हरघर जाऔ, रुपेशमानलाई जिताऔँ’

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगञ्ज – स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन पर्सा क्षेत्र नम्बर २(ख)का अगुवा तथा युवाहरुले अभियान नै सुरु गरेका छन् ।

क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहको पक्षमा मतदान गर्न ‘हरघर जाऔँ, रुपेशमानलाई जिताऔँ’ अभियान सुरु गरेका हुन् ।

सिंहको पक्षमा मत माग्दै घरघर पुग्ने अभियानमा युवा तथा अग्रजहरु स्वस्फूर्त लागेको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का मनोज चौधरी बताउँछन् ।

Simraun gadh Covid New -078

अभियानमा निर्वाचन क्षेत्रमा पर्ने १० वटा वीरगञ्ज महानगरपालिकाका वडा र बहुदरमाई नगरपालिकाको वडा नम्बर २ गरी ११ वटा वडाका युवा, महिला, बुद्धिजिवी, अग्रज खटिएका छन् ।

यस्तै शुक्रबार स्वतन्त्र उम्मेद्वार सिंहको चुनावी प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना भएको छ । वीरगञ्ज ३ छपकैयाँको आदर्शटोलमा स्थापना गरिएको सम्पर्क कार्यालयको उम्मेद्वार सिंहले उद्घाटन गरेका छन् ।

कार्यालय स्थापना गर्दै सिंहले दलहरुलाई पटक पटक हेरिसकिएको भन्दै यस पटक स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन आग्रह गरे ।

उनले भने, ‘अब घरघरमा विभिन्न प्रलोभन दिँदै नेताहरु आउँछन्, तपाईहरुले विचार पुर्याएर तपाईहरुको साथमा सँधै उभिने, गर्न सक्ने मान्छेलाई मत दिएर विजयी बनाउनुहोला । होइन भने फेरि पछि पछुताउन बाहेक अरु विकल्प रहँदैन ।’ आफ्नो क्षेत्रको उन्नती र विकासका लागि ठूलो लक्ष्य लिएर हिँडेको भन्दै उनले त्यो लक्ष्यलाई पूरा गर्न सबैको साथको आवश्यकता रहेको बताए ।

कार्यक्रममा वडा नम्बर २४ की लक्ष्मी देवी चौरसियाले रुपेशमान सिंहको विकल्प अरु हुनै नसक्ने भन्दै सिंहलाई जिताउन गाउँगाउँबाट सबैलाई जोड्न पहल गर्ने बताइन् ।कार्यक्रममा प्रदेश २(ख) मा पर्ने ११ वटै वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.