पवन शाह
बिराटनगर / सिमावर्ति एरिया दरैयामा ड्युटीमा खटेको प्रहरीलाई लक्षित गरी गोली प्रहार भएको छ ।
बिराटनगर महानगर पालिका को १६ नम्बर वडामा पर्ने दरैया बस्तीमा ड्युटीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीको प्रहरी टोलीको खादम खोला नजिक रहेको पोस्टमा बसेको प्रहरीलाई लक्षित गरी बुधवार बिहान ९ बजेको समयमा गोली प्रहार भएको प्रहरीले बताएका छन । घटना भएपछी भारतिय पुलिसले सिकन्दर नाम गरेको एक जनालाई नियंत्रणमा लिएको र घटनामा संलगन अन्य दुई जनाको खोजी कार्य भईरहेको भारतिय प्रहरीले बताएका छन ।
कपडा, सुन, लागुऔषध लगायतका अवैध तसकरिको करोबार गर्नेहरुलाई निरुत्साहित गर्दै इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरीहरुले निगरानी काडा गरेर त्यस्ता अवैध रुपमा ओसार पोसार हुने सामग्रीहरु दिन दिनै पक्राउ गरिरहेको हुनाले भारत बाट फायरिङ्ग गरेको हुन सक्ने आशंका गर्न सकिन्छ ।
केही दिनदेखी स्थानियको जस्तो भेषभुषा बनाएर कहिले दुध को झोलामा सुन त कहिले खानाको टिफ़िन भित्र लागुऔषध ओसार पोसार गर्ने हरुलाई समेत प्रहरिहरुले पक्राउ गरेपछी प्रहरीहरुलाई लक्षय बनाई अप्रिय घटना गर्न खोज्नेहरु बढीरहेका छन । यो भन्दा अगाडी पनि धेरै पटक रतिको समयमा प्रहरीहरुलाई लक्षित ढुंगा प्रहार भईरहेका छन ।