google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / लामो समयदेखि बन्द रहेको नेपाल भारत सिमा चाँड पर्वको बेला खुला भएपछी बिराटनगर भन्सार कार्यालय रानीको मुख्य नाका बाटै व्यापक रुपमा तस्करीको काम भईरहेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अहीले चाँड पर्वको बेलामा बिराटनगर नजिक रहेको भारतको जोगबनी बजारमा सर्वसाधारणहरु किनमेलको लागि प्राथमिकता साथ पुग्ने गरेका छन् । जोगबनीमा नेपाली ग्राहाकहरु प्रति घण्टा हजारौको संख्यामा भारत जानेगरेका छन् । हजारौं मान्छेकाे भीडको मौका पारेर तस्करहरु सर्वसाधारणहरुलाई परिचालन गरी तस्करी गराउँने गरेको रानी भन्सार कार्यालयमा सजिलै देख्न सकिन्छ । नाकामा तस्कर समुहले प्राय महिला तथा बालबालिकाहरुलाई परिचालन गरेर तस्करी गर्ने गराउने गरेका छन् ।

अधिकांस रुपमा तस्करीको सामान झोलामा वा बोरामा हालेर तल र माथि अलिअलि खाद्यान्न सामग्रीहरू हालेर सजिलै नेपाल ल्याउने गरेको पाईन्छ । यसरी भिडभाडको मौका पारेर तस्करलेहरुले अहीले तिहारमा राम्रो माग भएका सामानहरु धातुको भाँडा, धातुको मुर्ति, भाई मसलामा प्रयोग हुने सामान, कपडा, पटका, आइसक्रिम बनाउन प्रयोग हुने सम्पुर्ण सामान लगायत खाद्यान्न सामग्रीहरुमा चामलको बोरामा चिनी, मिश्री, पानीपुरी, मसलाको परिकारहरू लगायतका सामानहरु व्यापक रुपमा तस्करी भईरहेको सजिलै देख्न सकिन्छ ।

तस्करहरुले यसरी छल्छ भन्सार राजस्व

भारत बाट ल्याईएको खाद्यान्न सामाग्रीहरुको गुणस्तर मापन तथा क्वारेन्टाईनको सिफारिस नभएको हुनाले खाद्यान्न सामग्री भन्सारमा ल्याएपनि व्यवहारिकतामा भन्सारले पनि सामान छाडिदिने गरेका छन् । त्यही मौकाको फायदा तस्करहरुले उठाउँछ ।

प्रहरीको चेक जाँच फितलो

प्रहरीले चेकजाँच गरे एक दुई ग्रामको अवैध सामान लागुऔषधहरु पनि पक्राउ गरेकै छ । तर भारत बाट नेपाल आउने मानिसहरूलाई चेक जाँचको लागि खटिएको प्रहरीहरुले पनि खोलेर हेर्दैन कुनै पनि झोला पोका । अधिकांस तस्करहरु रेल आएको समय भीड भाडको बेला र प्रहरीको ड्युटी परिवर्तन हुने बेला भएको हुनाले सबैको झोला चेक गर्न नभ्याउने गरेको ड्युटीमा खटेको प्रहरीहरु भन्छन् भन्सारले सामान छोडिसकेपछि हामीले कसरी समाउनु भन्ने बाध्यता पनि छ । त्यही अवैध काम गर्ने तस्करहरुले राम्रो मुनाफा कमाउन अवैध र प्रतिबंधित सामानहरु नेपाल नल्याउला पनि कसरी भन्न सकिन्छ ।

यस्तो छ तस्करहरुको पहिचान

भन्सार कार्यालयको प्राङ्गण देखि लिएर यात्रु शाखा सम्म झोला तस्करीको सामान भएको झोला पोकाहरु लिएर जम्मा भएर भिडभाड र उपयुक्त मौका पर्खेर विहान देखि बेलुकी सम्मै बसिरहेका हुन्छन् । मौका मिल्नासाथ सामानहरु भन्सार छलेर अलग अलग ठाउँहरुमा जम्मा गरी ट्याम्पु वा मिनीबस बाट गन्तव्य सम्म पुर्याउँछन् । जसको लागि केही साईकलको पनि प्रयोग हुनेगरेको छ ।

सिसी टिभी क्यामेरा

सुरक्षा निकायको उच्च ओहोदामा बसेका प्रहरी अधिकृतहरुले प्रत्यक्ष देखने सिसी टिभी क्यामेरा चालू अवस्थामा हो कि बिग्रेको छुट्याउनै नसकिने भएको छ । किन भने सिसी टिभी क्यामेराकै अगाडी बाट हुने यस्ता क्रियाकलापहरुलाई अहिले सम्म कसैले पनि सुधार गर्ने तर्फ ध्यान दिएको छैन ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0